१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

पाँचजना सीडीओको सरुवा

गृह मन्त्रालयले पाँचजना प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ। मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै विभिन्न जिल्लाका पाँचजना सीडीओको सरुवा गरेको हो।  

जस अनुसार दोलखाका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलालाई सर्लाही पठाइएको छ। सर्लाहीको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई इलाम पठाइएको छ।

त्यस्तै इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई बाँके पठाइएको छ।  बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यलाई गृह मन्त्रालय ल्याइएको छ। मन्त्रालयका सहसचिव टुवराज पोखरेललाई दोलखा पठाइएको छ।

प्रकाशित: २५ आश्विन २०८० ०९:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App