१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

पोखरामा सेलवेजका विरौटा र प्रस्याङमा शाखा

सेलवेज डिपार्टमेन्टल स्टोरले पोखराका दुईठाउँमा शाखा विस्तार गरेको छ। पोखरा र काठमाडौंका विभिन्न ठाउँमा शाखा स्थापना गरेर व्यवसाय गर्दै आएको सेलवेजले पोखरा महानगपालिका–१७ विरौटा र पोखरा–५ प्रस्याङमा शाखा विस्तार गरेको हो। दुईवटा शाखा थपिएसँगै सेलवेजका पोखरामा १० शाखा पुगेका छन्।

सेलवेजले सेल्सबेरी ब्राण्डमा समेत डिपार्टमेन्टल स्टोर संचालन गरिरहेको छ। सेलवेजले सेल्सबेरी गरेर ४० शाखा पुगेको व्यवस्थापक दयाल गिरीले बताए। विरौटा, छोरेपाटन, पुम्दीभुम्दी क्षेत्रलाई लक्षित गरि विरौटामा शाखा खोलिएको उनले बताए। त्यसै गरी प्रस्याङ शाखाबाट त्यस वरपरको क्षेत्रलाई लक्ष्त गरेर खोलिएको उनले बताए।

नयाँ शाखामा दैनिक आवश्यकताका सामान किन्न पाइने गिरीले बताए। सेलवेजले यसअघि पोखराको चिप्लेढुंगा, लेकसाइड, विरौटा, भद्रकालि, शान्तिनगर, अम्मरसिंह र बगरमा शाखा बिस्तार गरिसकेको छ। केहीमहिना भित्रै पोखरामा अन्य क्षेत्रमा पनि शाखा बिस्तार गर्ने उनले बताए।  

पोखराको चिप्लेढुंगाबाट सन् १९९३ मा खाद्यान्न पसलको रुपमा सेलवेजले सेवा दिन थालेको थियो। त्यही व्यवसाय बिस्तार हुँदै जाँदा सन् २००४ मा काठमाडौं प्रवेश गरेको सेलवेजले २०१४ देखि सेल्सबेरीको नाममा शाखा संचालन गरिरहेको छ। विरौटामा शाखाको पोखरा–१७ की वडा अध्यक्ष राधिका शाहीले उद्घाटन गरिन्।  

प्रकाशित: १५ असार २०८१ १७:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App