७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

‘मनसुन बाहिरिएको छैन, दशैमा वर्षा हुन्छ भन्नु हल्ला मात्र हो’

सामान्यतया असोजको पहिलो साता नेपालबाट मनसुन बाहिरिने गर्छ। तर यसपटक त्यस्तो भएन्। आज असोज १७ गते वर्षा नियमित छ। अझ मनसुन झनै सक्रिय भएको छ। कतिपय स्थानमा भारी वर्षाको अनुमान पनि गरिएको छ।  

जेठको अन्तिम साता पूर्वबाट भित्रिने गरेको मनसुन असोज पहिलो साता पश्चिमबाट बाहिरिने नियमित तालिका मानिन्छ। तर यस पटक त्यस्तो भएन। मनसुन फेरी एकाएक सक्रिय भएर मंगलबार (हिजो)बाट नियमित वर्षा भइरहेको छ।

मौसमवीदहरुले तीन दिनको पूर्वानुमान सार्वजनिक गर्दै भनेका छन, ‘यो वर्षा अझै तीन दिनसम्म रहन्छ। अहिले उपत्यका लगायत देशका अधिकांश क्षेत्रमा वर्षा भइरहेको छ।’  

‘यो अझै तीन दिनसम्म चल्ने छ। भारतको झारखण्ड आसपास क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको प्रभावले गर्दा यो वर्षा भइरहेको हो’, मौसम पूर्वानुमान महाशाखाका मौसमवीद गोविन्द झाले नागरिकन्यूजसँग भने। 

यो वर्षको दशैमा भने वर्षा हुन्छ नै भनेर भन्न नसकिने झाको जिकिर थियो ‘दशैमा नी वर्षा हुन्छ भन्ने कुरा हल्ला मात्र हो’, उनले भने, ‘अझै दशै आउँन २० दिन जति बाँकी छ। अहिले नै दशैमा वर्षा हुन्छ भन्न सकिदैन। अहिले नै दशैमा वर्षा हुन्छ भन्नु हल्ला मात्र हो।’

पूर्वानुमान महाशाखाका अनुसार बुधबार (आज) कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

बिहीबार (भोलि) कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनो छ।

यसैगरी शुक्रबार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।

विभागले वर्षाका कारण भारी वर्षा हुने क्षेत्रहरूबाट बहने नदीको जल सतह हल्का बढ्न सक्ने, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने चेतावनी पनि दिएको छ।

यसले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधाका साथै चट्याङको जोखिमबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरेको छ।

मौसमविद् गोविन्द झाले मनसुन अझै नबाहिरिएको जानकारी दिए। मनसुन यही मितिमा बाहिरिन सक्छ भनेर यकीन गर्न नसकिने बताए।

‘सामान्यतया यो समयमा नेपालबाट मनसुन बाहिरिसक्नुपर्ने हो। तर वर्ष बाहिरिएको छैन्। भारतको झारखण्ड आसपास क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्र बनेका कारण मनसुन बाहिरिन सकेको छैन्। मनसुन बाहिरिनी बेलामा हावा पश्चिमदेखि पूर्वमा चल्नुपर्छ। झारखण्ड आसपास क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्रले हावा चल्न दिएको छैन। त्यसैले मनसुन बाहिरिन सकेको छैन्’ उनले भने।

प्रकाशित: १७ आश्विन २०८० ०९:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App