२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

गुडिरहेको बसमा आगलागी

पुर्व पश्चिम राजमार्ग अन्र्गत कपिलवस्तुको शिवराज नगरपालिका– १ दाबाटोमा गुडिरहेको बसमा आफै आगलागी भएको छ।

सोमवार राति सवा २ बजेतिर शिवपुरी यातायात प्रालिको धनगाडीबाट काठमाण्डौ तर्फ गईरहेको बा ४ ख ८४८८ नम्बरको बसमा आगलागी भएको हो।

गुड्दा गुड्दै बसमा एक्कासी ईन्जनको भागबाट आगोलागी भएको प्रहरी नायब उपरिक्षक गंगा बहादुर थापाले बताए। मानवीय क्षति नभएको र बसमा रहेका १७ जना यात्रु लाई अन्य गाडीमा राखि गन्तव्य तर्फ पठाइएको उनले बताए। 

बसको भित्रको फाईबरको भाग र सिट जलि क्षति भएको उनले बताए। नगरपालिकाको दमकल र प्रहरीका सकृयतामा ढेड घन्टा पछि आगाली नियन्त्रणमा आएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक गीता प्रासद चौधरीले बताए।  

प्रकाशित: १६ आश्विन २०८० ०७:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App