२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दोलखाबाट थप ४ किलो सुन बरामद

दोलखाबाट प्रहरीले थप ४ किलो सुन बरामद गरेको छ। बिगु गाउँपालिका–१, लामाबगरबाट ४ किलो सुन बरामद भएको हो।

दोलखाका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले आइतवार सुराकीको आधारमा ४ किलो पहेँलो पदार्थ नियन्त्रणमा लिइएको नागरिक न्युजलाई बताए।  

उनले सुन नै हो भनेर पुष्टि गर्न जाँच गर्न बाँकी रहेको भन्दै थप जानकारी पुष्टि भएपछि दिइने बताए।

प्रहरीले केही दिनअघि दोलखाबाट ७ किलो सुन बरामद गरेको थियो । त्यसको अनुसन्धान गर्दै जाँदा आइतबार थप चार किलो सुन पनि भेटिएको हो। योसँगै दोलखाबाट बरामद भएको सुनको मात्रा ११ किलो पुगेको पनि उनले बताए।

हालसम्म सुन तस्करी काण्डमा ७ जनालाई नियन्त्रणमा लिइएको पनि उनले जानकारी दिए।

प्रकाशित: १४ आश्विन २०८० १२:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App