अनलाइन प्लेटफर्ममा बालबालिकाको सुरक्षाका लागि गैरकानुनी तथा हानीकारक सामग्रीको उपलब्धता न्यूनीकरण गर्दै त्यस्ता सामग्री माथिको पहुँच सीमित गर्नु इन्टरनेट सेवा प्रदायकको उद्देश्य हुनुपर्दछ।
इन्टरनेटको संभावित जोखिमबाट जोगाउन बालबालिका र अभिभावकहरुलाई आवश्यक सूचना तथा प्रविधि उपलब्ध गराउनु इन्टरनेट सेवा प्रदायकको दायित्व हुने नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको निर्देशिकामा उल्लेख छ।
दूरसञ्चार ऐन २०५३ मा टेकि जारी गरेको निर्देशिकाअनुसार बालदुव्र्यवहार सामग्री सम्बन्धमा उजुरी सम्बोधन गर्ने कार्यविधि तर्जुमा गरी कार्यान्वयन गर्नु इन्टरनेट सेवा प्रदायकहरूको कर्तव्य हुन्छ।
तपाईका बालबालिकाले प्रयोग गर्ने वेबसाईट तथा एप्सहरूले सो सेवा प्रदान गरे बापत बालबालिकालाई हुन सक्ने संभावित जोखिमबाट जोगाउन आवश्यक सूचना तथा प्रविधि उपलब्ध गराउनु पर्ने हुन्छ।
अनलाईन बालसुरक्षा निर्देशिका बमोजिम हरेक अनलाइन प्लेटफर्महरू तथा इन्टरनेट सेवा प्रदायकले आफ्नो सेवा प्रयोगको नियम र सर्तहरू, गोपनीयता नीति, सुरक्षित प्रयोगको तरिकाको सम्बन्धमा स्पष्ट, पहुँचयोग्य रुपमा बालबालिका, अभिभावक तथा हेरचाह गर्ने व्यक्तिहरू समेतलाई समेटी लागू गर्नुपर्ने व्यवस्था गरेको छ।
सोहि बमोजिम आफ्ना बालबालिकाले नियमित रुपमा प्रयोग गर्ने वेबसाईट तथा एप्सहरूको गोपनीयता नीति, प्रयोग सर्तहरूको जानकारी लिइ त्यस्ता वेबसाईट तथा एप्सले बालबालिकाको इन्टरनेट प्रयोगको निगरानी गरिराखेको छ वा छैन, त्यसमा ध्यान दिनुपर्दछ।
साथै इन्टरनेटमा उपलब्ध सामग्रीहरुको उमेर मूल्याङ्कनलाई ध्यान दिई त्यस्तो सामग्रीको पहुँचलाई व्यवस्थित गर्न सकिने र कुनै सामग्री बाल दुव्र्यवहारजन्य भएमा त्यस्ता सामग्री तुरुन्त हटाउने अर्थात् टेकडाउन समेत गर्न सकिने व्यवस्था रहेको छ।
प्रकाशित: १२ आश्विन २०८० १३:३९ शुक्रबार