३१ भाद्र २०८३ बुधबार
image/svg+xml
राजनीति

सम्मानित नेता केन्द्रीय कमिटीले तोक्ने व्यवस्था भएपछि झलनाथले लेख्न थाले 'सामान्य सदस्य'

नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले आफूलाई 'सामान्य सदस्य' लेख्न थालेकका छन्।

बिहीबार (भोलि) बाट सुरु हुने पार्टीको केन्द्रीय कमिटी बैठकमा सच्याउनुपर्ने विषयहरूको समेटेर बनाएको आधिकारिक प्रस्तावमा उनले आफूलाई 'सामान्य सदस्य' लेखेका छन्। जबकि यसअघि उनले आफूलाई सम्मानित नेता नै लेख्थे।

यसअघि भर्खरै छापिएको विधानमा सम्मानित नेता पार्टीको केन्द्रीय कमिटी बैठकले तोक्ने व्यवस्था गरेको थियो। त्यसका प्रति उनले असन्तुष्टिसमेत व्यक्त गरेका थिए। मङ्गलबार (हिजो) बसेको पार्टीको स्थायी कमिटी बैठकमा उनले मञ्चमा बस्नसमेत अस्वीकार गरेका थिए। तर, पछि महासचिव घनश्याम भुसाललगायतका नेताहरू मञ्चमा बसाए।

विधानमा यस्तो व्यवस्था गरेपछि उनले आफूलाई सामान्य सदस्य लेखेका हुन्।

उसो त नेता खनाललाई गत असारमा सम्पन्न पार्टीको महाधिवेशनले नै सम्मानित नेता निर्वाचित गरिसकेको हो। त्यसबेला अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसालसहित सम्मानित नेता खनाल पनि निर्वाचित भएका थिए। तर, अहिले आएर पुन: केन्द्रीय कमिटीले तोक्ने व्यवस्था गरिँदा नेता खनालले असन्तुष्टि जनाएका हुन्।

झलनाथ खनालले आफूलाई सामान्य सदस्य लेखेको प्रस्ताव।

यो पनि पढ्नुहोस्

जब झलनाथले भने- सम्मानित नेता तोकिएपछि मात्रै मञ्चमा जान्छु

प्रकाशित: ७ फाल्गुन २०८१ २१:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App