२० कार्तिक २०८३ शुक्रबार
image/svg+xml
समाज

प्रकृतिलाई न्याय दिलाउने ओडिशाका मुख्यमन्त्रीको प्रतिबद्धता

ओडिशाको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को छात्रावासमा नेपाली छात्रा प्रकृति लामसालको मृत्यु प्रकरणमा ओडिशाका मुख्यमन्त्री मोहन चरण माझीले नेपालका काउन्सलरहरूसँग छलफल गरेका छन्।

ओडिशा मुख्यमन्त्री कार्यालयले सामाजिक सञ्जाल प्लेटफर्म 'एक्स' मार्फत जारी गरेको वक्तव्यअनुसार, मुख्यमन्त्री माझीले नेपाली काउन्सलर सञ्जीव दास शर्मा र नवीन राज अधिकारीसँग कुराकानी गर्दै मृतक छात्रा प्रकृतिलाई न्याय दिलाउने प्रतिबद्धता जनाएका छन्।

साथै, उनले नेपाली छात्राहरूलाई क्याम्पस फर्कन र अध्ययन पुनः सुरु गर्न आग्रह समेत गरेका छन्।

भुवनेश्वरस्थित केआईआईटीको छात्रावासमा आइतबार, फागुन ४ साँझ बी-टेक तेस्रो वर्षमा अध्ययनरत नेपाली छात्रा प्रकृति लामसाल मृत फेला परेकी थिइन्। प्रहरीका अनुसार उनले आत्महत्या गरेको आशंका गरिएको छ।

यस घटनापछि विश्वविद्यालय प्रशासनविरुद्ध नेपाली छात्राहरुले क्याम्पसभित्र विरोध प्रदर्शन गरेका थिए।

प्रकाशित: ७ फाल्गुन २०८१ २१:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App