१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

धारिलो हतियार प्रहार गरी हत्या

धारिलो हतियार प्रहारपछि हत्या गरी फालिएको अवस्थामा दशगजा क्षेत्रनजिकै एकजनाको शव भेटिएको छ। भेटिएको शव पचरौता नगरपालिका १ पिपरपातीका अमरेशकुमार सिंहको रहेको बारा प्रहरीले जनाएको छ।

बाराका प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार अमरेश कुमारको शरीरमा पछाडिबाट धारिलो हतियार प्रहार गरी घाइते बनाएको निशान भेटिएको छ। सिंहले सशस्त्र प्रहरी बल नेपालको सशस्त्र प्रहरी जवानमा पाँच/सात वर्ष जागिरमा रहेर पछि छाडेका थिए।

सशस्त्रको जागिर छाडेपछि सिंहले केही महिना भारतको बरहर्वा र नेपालको पिपरपाती नाकामा रक्सी पसलसमेत सञ्चालन गरेका थिए। सिंहले रक्सी पसल छाडेर गाउँमा खेतीपाती गर्दै आएका थिए। हत्या गरिनुको कारणका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको उपरीक्षक काफ्लेले बताए।

प्रहरीका अनुसार सिंहको हत्या अनुसन्धानको सिलसिलामा भारतीय नागरिक राहुल साह र सामलाल महतो गरी दुईजनालाई नियन्त्रणमा लिएको छ। सिंहको हत्या अभियोगमा पक्राउ परेका भारतीय नागरिक राहुल साहले दशगजाको नेपालतर्फ रक्सी पसल सञ्चालन गर्दै आएको र केही दिनअघि सिंहसँग झगडासमेत भएको अनुसन्धानबाट खुलेको बारा प्रहरीले जनाएको छ।

प्रकाशित: १० आश्विन २०८० ०३:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App