१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

यस्ता छन् सात प्रदेशका सात समाचार (भिडियो सहित)

प्रदेश योजना आयोगको उपाध्यक्षमा उपाध्याय

सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा नेपाल सरकारका पूर्व सचिव अनुपकुमार उपाध्याय नियुक्त भएका छन्। मुख्यमन्त्री कमलबहादुर शाहबाट पद तथा गोपनियताको सपथ लिएका उपाध्यक्षले आजै पदभार ग्रहण गरेका हुन्।  

सडक टाल्न बजेट अभाव

मर्मतसम्भारमा आवश्यकताको ९० प्रतिशतभन्दा कम बजेट पठाउँदा सडक डिभिजन कार्यालय सुर्खेतमा सकस भएको छ। ३ सय ४४ किलोमिटर सडक मर्मतसम्भार गर्न ३ करोड ३२ लाख ५० हजार रकममात्रै विनियोजन गर्दा खाल्डाखुल्डीहरू पुर्ने तथा टाल्ने काम मात्रै गर्ने सकिने सडक डिभिजन कार्यालयको भनाइ छ।  

चारा बालक अझै बेपत्ता

बाँकेस्थित डुडुवामा रहेको जयेन्त बाल सुधार गृहबाट गत बिहीबार सम्पर्कविहीन चारजना बालक अझै फेला परेनन्। झडपमा एकजनाको मृत्यु भएको थियो भने ११ जना घाइते भएका छन्।  

मणिपाल अस्पतालमा तोडफोडपछि उपचार सेवा प्रभावित

लमजुङको सुन्दरबजार नगरपालिका–६ की ५७ वर्षीया सुकमाया दुराको चिकित्सकको लापरबाहीले मुत्यु भएको भन्दै हातपातमा उत्रिएपछि पोखराको मणिपाल शिक्षण अस्पतालको उपचार सेवा प्रभावित भएको छ। झडपमा संलग्न भएको आरोपमा पक्राउ परेका चिकित्सक रिहा हुँदा मृतकका आफन्त भने प्रहरी नियन्त्रणमा छन्।

कोशी टप्पु लागे ‘पुष्पा’ र ‘अञ्जली’

चितवन राष्ट्रिय निकुञ्जका दुई एक सिंगे गैंडा कोशी टप्पु वन्यजन्तु आरक्ष लगिएको छ। माउबाट एक्लिएर मान्छेको हेरचाहमा हुर्किएका पुष्पा र अञ्जली नाम गैँडालाई मंगलबार ट्रकबाट त्यस तर्फ पठाइएको हो।

जनकपुरधाममा अधिकांश मासु पसल मापदण्ड विपरीत

जनकपुरधामका अधिकांश मासु पसल मापदण्डविपरीत सञ्चालन भएको पाइएको छ।  भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनुषाको अगुवाइमा आजदेखि सुरु अनुगमनमा भेटिएको करिब ३० केजी दुषित मासु नष्ट गरिएको छ।

कोशी प्रदेशको पानीले मानव स्वास्थ्यलाई असर पार्ने खतरा

पहाडी जिल्लामा ई–कोली र तराईमा आर्सेनिकको समस्या बढेकाले कोशी प्रदेशको पिउने पानीले मानव स्वास्थ्यमा प्रतिकुल असर पार्ने खतरा भएको छ। आर्थिक वर्ष २०८९/०८० मा १ सय ५१ नमूना परीक्षण गर्दा ३३ प्रतिशतमा ई–कोली ब्याक्टेरिया भेटिएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगर पानी परीक्षण प्रयोगशाला इटहरीले पुष्टि गरेको छ।

प्रकाशित: ९ आश्विन २०८० १३:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App