२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

यस्ता छन् सात प्रदेशका सात समाचार (भिडियो सहित)

मन्त्रीको पिए हुँ भन्दै ठगी गर्ने सेजुवाल पक्राउ

प्रदेश सरकारका विभिन्न मन्त्रीको स्वकिय सचिव हुँ भन्दै विगत तीन महिनादेखि कर्मचारी र विभिन्न व्यक्तीसँग पैसा मागेर ठगी गर्ने एक जना पक्राउ गरेका छन्। भौतिक पूर्वाधार विकास मन्त्री, भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री र सामाजिक विकास मन्त्रीको स्वकिय सचिव हुँ भनि ठगी गर्दै आएका कालिकोट शुभकालिका गाँउपालिका–८ मुग्राहका २९ वर्षीय अम्मरराज सेजुवाल एक होटलबाट पक्राउ परेका हुन्।

दशैं-तिहारमा चामल अभाव नहुने

मुगुको तिन्जे वितरण केन्द्रबाहेक प्रदेशका अन्य ठाउँमा दसैं–तिहार लगायत ठूला चाडपर्वमा यस वर्ष सहुलियतको चामल अभाव नहुने भएको छ। उत्तरी डोल्पाका डोल्पोबुद्ध र छार्काताङसोङ गाउँपालिकाबाहेक अन्य ठाउँमा सहुलियतको चामल अभाव नहुने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रदेश कार्यालयको भनाइ छ।

फुटपाथका संरचनामा व्यापारीको मनपरि

पश्चिम नेपालको मुख्य व्यापारिक केन्द्र नेपालगन्जको फुटपाथका संरचनाहरू व्यापारीले मनलाग्दी तरिकाले भत्काएका छन्। रेलिङ भत्काइँदा सडक सुरक्षामा जोखिम बढेपनि स्थानीय सरकार भने मौन बसेको छ।  

दमौली डेंगी ‘हटस्पट’ बन्दै

तनहुँ सदरमुकाम दमौली पछिल्लो समय डेंगीको ‘हटस्पट’ बन्दै गएको छ। पछिल्लो साता दिनमा कम्तिमा एकसय जनामा डेंगी संक्रमण पुष्टि भएको छ। यो वर्ष अहिलेसम्म १७ सय १४ डेंगी संक्रमित हुँदा एकजनाको मृत्यु भएको छ।

एमाले बागमती प्रदेश अधिवेशन सुरु

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको बागमती प्रदेश प्रथम अधिवेशन सोमबारबाट काठमाडौंको भृकुटी मण्डपमा सुरु भएको छ।  प्रदेश कमिटीको नेतृत्वका लागि चितवनका पूर्व सांसद कृष्णभक्त पोखरेल, रामेछापका कैलाश ढुंगेल, काठमाडौँका सानु श्रेष्ठ, मकवानपुरका कृष्णप्रसाद दाहाल र नुवाकोटका केशवराज पाण्डे मख्य आकांक्षी छन्।

मलंगवामा दिउँसोको समयमा कर्फ्यु निष्क्रिय

सर्लाहीको मलंगवामा बिहीबारबाट जारी कर्फ्यु आजबाट दिउँसोको समयमा निष्क्रिय गरिएको छ। राती ८ देखि बिहान ४ बजेसम्म अर्को आदेश नहुन्जेलसम्मका लागि भने कर्फ्यु जारी छ। असोज–४ गते गणेशको मुर्ति बिसर्जन गर्ने क्रममा दुई समुदायबीच झडप हुँदा गरिएको थियो अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरिएको थियो।

कृषिमा सवा चार करोडका कार्यक्रम

कृषि ज्ञान केन्द्र, इलामद्वारा चालु वर्ष जिल्लामा चार करोड २६ लाख रुपैयाँका कार्यक्रम सञ्चालन गर्ने भएको छ। करिब पाँच दर्जन कार्यक्रमका लागि प्रदेश सरकारबाट चार करोड ११ लाख र सङ्घीय सरकारबाट १५ लाख रुपैयाँ विनियोजन भएको छ।  

प्रकाशित: ८ आश्विन २०८० १३:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App