पूर्वमन्त्री रामकुमार श्रेष्ठ अकुत सम्पत्ति आर्जनमा दोषी ठहर भएका छन्।
विशेष अदालतका न्यायाधीश यमुना भट्टराई र खुशीप्रसाद थारुको संयुक्त इजलासले उनलाई दोषी ठहर गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रेष्ठकी श्रीमती र छोरासमेतलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो।
अख्तियारले श्रेष्ठले स्रोत विनाको ४ करोड ४५ लाख २७ हजार ६६८ आर्जन गरेको दाबी गरेको थियो।
२०२६ सालबाट सरकारी सेवामा प्रवेश गरेका श्रेष्ठ २०६४ सालमा अवकास भएका थिए। पूर्व सचिव समेत रहेका श्रेष्ठ २०७० सालमा बनेको तत्कालिन खिलराज रेग्मी नेतृत्वको चुनावी सरकारमा मन्त्री थिए।
प्रकाशित: ८ आश्विन २०८० १२:१६ सोमबार





