१० आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

सर्लाहीको मलंगवामा जारी कर्फ्यु आजदेखि निष्क्रिय

सर्लाहीको मलंगवामा बिहीबारबाट जारी गरिएको कर्फ्यु दिउँसोको समयमा आजबाट निष्क्रिय गरिएको छ।

राती ८ बजेदेखि बिहान ४ बजेसम्म अर्को आदेश नहुन्जेलसम्मका लागि भने कर्फ्यू जारी रहने निर्णय भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।

असोज–४ गते गणेशको मूर्ति बिसर्जन गर्ने क्रममा दुई समुदायबीच झडप भएपछि कुनै अप्रिय घटना हुन नदिन स्थानीय प्रशासनले मलंगवामा अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरेको थियो। लामो समयको कर्फ्युले जनजीवन प्रभावित भएकाले सुरक्षा समितिको बैठक बसेर केही खुकुलो बनाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी  यादवले जानकारी दिए।

उनका अनुसार सर्वसाधारणको सुरक्षामा पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै दिउँसो भरि साविकको नगर क्षेत्रभित्र कुनै किसिमको भेल, जुलुस, बैठक वा प्रदर्शन भने गर्न पाइने छैन।

सामाजिक सञ्जालमा सामाजिक सद्भाव भड्काउने किसिमका अफवाहहरु फैलाउनेविरुद्ध साइबर अपराध गरेको अभियोगमा कारबाही गर्ने समेत निर्णय भएको प्रमुख जिल्ला अधिकारी यादवले बताए।

प्रकाशित: ८ आश्विन २०८० ०८:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App