७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

दमाहा र ट्याम्का बनाएरै जीविकोपार्जन

‘मैले १२ वर्षको हुँदादेखि नै दमाहा, मादलर ट्याम्का बनाउन सुरु गरेको हुँ’, बाँके कोहलपुर–१३ भरैयाका  ५७ वर्षीय पस्तोके बादीले भने, ‘मेरा लागि आजसम्म पनि जीविकोपार्जनका लागि यही माध्यम बनेको छ।’ उनी सोमबार बिहान पनि घरको चोटामा नजिकैको मन्दिरको दमाहा मर्मत गर्दै थिए।दमाहा मर्मतपछि ट्याम्कार मादल पनि साथमैराखेका थिए।पञ्चेबाजा अन्तर्गत पर्ने दमाहा, ट्याम्कार मादल बनाउन उनले सानैदेखि सिकेका हुन्।

बुबा सानैमा बिते।उनी बितेपछि काकार दाइले यो सीप मलाई सिकाएका हुन्, उनले भने, ‘विद्यालयमा गएर नपढे पनि सीपले जीवन धानेको छ।’ साढे चार दशकदेखि गोरुको छाला काडेर दमाहा बनाउँदै आएका उनले पछिल्लो समय गोरुको छाला सहजै पाउन गाह्रो भएपछि दमाह बनाउन पनि कठिन भएको बताए।

मरेको गोरुको छाला काटेर दमाहा, ट्याम्कार मादल बनाउँछौं।पहिला गाईगोरु पनि धेरै हुन्थेर धेरै मर्थे पनि।हिजोआज गाईगोरु पाल्न छाडेका छन्।त्यसैले मेरेको भेटाउन पनि गाह्रो हुन थालेको छ‘, उनले भने।पछिल्लो समय आधुनिक बाजाको प्रयोग बढेकोर नयाँ पुस्ता पनि त्यसैमा लागेको पनि उनको भनाइ छ।‘गोरुको छाला पाउन गाह्रो भएपछिराँगाको छाला प्रयोग गर्न थालेका छौं’, उनले भने, ‘एउटाराँगाको छालालाई दुई हजारदेखि दुई हजार पाँचसय रूपैयाँसम्म पर्छ।’

एउटा दमाहा बिक्रीबाट उनले पाँच हजार आम्दानी गर्छन् भने ट्याम्का बनाएको दुई हजार रूपैयाँ लिन्छन्।यद्यपि दमाहाको आकारअनुसार पैसा लिने गरेको उनको भनाइ छ।दमाहाको मूल्य आकारअनुसार पाँच हजारदेखि १५ हजार रूपैयाँसम्म पर्ने उनको भनाइ छ।

प्रकाशित: ४ आश्विन २०८० ०८:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App