२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

भक्तपुरमा थपिए १३ हजार ५७६ मतदाता

जिल्ला निर्वाचन कार्यालय भक्तपुरमा १३ हजार ५७६ मतदाता थपिएका छन्।

निर्वाचन आयोगले गत असोज १० गतेदेखि १६ वर्ष पुगेका नेपाली नागरिकता प्राप्त व्यक्तिले मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेपछि १८ वर्षदेखि २५ वर्ष उमेर समूहका दैनिक ७०० देखि एक हजार १०० जनासम्मले मतदाता नामावलीमा नाम दर्ता गराइरहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भीमबहादुर बिसीले जानकारी दिए।

उनले भक्तपुरमा यस पटक मतदाताको सङ्ख्या दुई लाख नाघेको जानकारी दिए। मतदाता नामावली सङ्कलन हरेक दिन बिहान ८ बजेदखि सुरु भई साँझ ६ बजेसम्म जारी रहेको र सेवाग्राही बिहान ६ बजेदेखि नै लाइन बस्न आउने गरेको उनले बताए।

आयोगले मतदाता नामावली सङ्कलन यही महिनाको ५ गतेसम्मलाई कायम गरेको छ।

प्रकाशित: २ मंसिर २०८२ १३:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App