१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

सामूहिक बलात्कारको आरोपमा ३ जना पक्राउ

युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा डडेल्धुराकाे भागेश्वर गाउँपालिका–३ का २२ देखि २८ वर्ष उमेर समूहका युवाहरु छन्।उनीहरुसँगै सामूहिक बलात्कारमा संलग्न भएको भनिएका अर्का एक १८ वर्षीय किशोर भने फरार छन्।उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

२०वर्षीया एक युवतीमाथि फरक–फरक समय र स्थानमा सामूहिक बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ।

डडेल्धुरा प्रहरीकाअनुसार उनीहरु गएको वैशाख ५ र १२ गते  एक युवतीलाई बलात्कार गरेको किटानी जाहेरीमा उल्लेख छ। 

प्रकाशित: ४ आश्विन २०८० ०३:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App