१० आश्विन २०८० बुधबार
समाज

तीन बजेसम्म तीन लाख गरे मूल मन्दिरभित्र प्रवेश गरेर पशुपति दर्शन

तस्बिर: राजिव खत्री/नागरिक

आज दिउँसो तीन बजेसम्म तीन लाख भक्तजन पशुपतिनाथ मन्दिर प्रवेश गरेका छन्।

पशुपति क्षेत्र प्रवेशगरी गजुरको दर्शन गर्ने भक्तजनको सङ्ख्या भने पाँच लाख नाघेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले  जानकारी दिए।

पशुपति क्षेत्र गई मूल मन्दिरभित्र प्रवेश गरी दर्शन गर्न नसकिने भएमा गजुरको दर्शन गरेर पनि फर्कन सकिने शास्त्री नियम रहेको धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईले बताए।  

तीन बजेपछि पशुपति क्षेत्रमा भक्तजनको चाप बढ्न थालेको छ। कोषले आज बेलुकी सात बजेसम्म मूल मन्दिरभित्र महिला व्रतालुलाई मात्र दर्शनका लागि प्रवेश गर्न दिने नियम बनाएको छ।

नित्य दर्शन गर्न आउने पुरुष दर्शनार्थीलाई भने कोषले बिहान छ बजेअघि नै दर्शन गराएको थियो। आज बेलुकी लाममा आउनेजति सबैलाई दर्शन गर्न दिने कोषले जनाएको छ। महिलालाई भने सुरक्षाका कारण राति नौ बजेपछि मन्दिर क्षेत्रमा नआउन कोषले अनुरोध गरेको छ।

प्रकाशित: १ आश्विन २०८० १७:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App