१० असार २०८१ सोमबार
image/svg+xml
समाज

आज सामान्य बदली रहने

हाल वागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो  देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

लुम्बिनी, कर्णाली र सुदूर–पश्चिम प्रदेशसहित वागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरुमा र देशका बाँकी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

सुदूर–पश्चिम प्रदेशसहित देशका पहाडी भू–भागको थोरै स्थानहरुमा र बाँकी  भू–भागको एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रकाशित: १ आश्विन २०८० ०३:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App