७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

तीनकुने हत्या प्रकरण: पक्राउ परेका आरोपीद्धारा चारैजनाको हत्या गरेको स्वीकार

तीनकुने सामूहिक हत्या प्रकरणमा आइतबार पक्राउ परेका सञ्जय भण्डारीले चारैजनाको हत्या गरेको स्वीकार गरेका छन्।

सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाका घर भई काठमाडौंकाे काँडाघारी बस्दै आएका २३ वर्षिय भण्डारीलाई प्रहरीले आइतबार पक्राउ गरेको हो। आरोपी भण्डारीले चारैजनाको हत्या गरेको स्वीकार गरेका छन्।

गैह्रीगाउँको दिव्य सःमिलभित्रको कटेरोमा गए राति एकै परिवारका तीनसहित चार जनाको वीभत्स हत्या गरिएको थियो। टाउको र शरीरका विभिन्न भागमा खुकुरी जस्तो हतियारले प्रहार भएको अवस्थामा प्रहरीले चार जनाको शव फेला पारेको थियो। 

सोही काष्ठ मिलमा गेट पालेको काम गर्ने दोलखाका ५६ वर्षीय कुमार भुजेल, उनकी श्रीमती वर्ष ५२ की अम्बिका भुजेल, कुमारकी आमा वर्ष ७६ की सुभद्रा भुजेल र धनकुटा स्थायी घर भएका १९ वर्षका नविन राईको हत्या भएको थियो।

प्रहरीले आरोपी भण्डारी बोल्न नसक्ने हुँदा दोभासेको सहयोगमा बयान लिएको जनाएको छ।

प्रकाशित: ३१ भाद्र २०८० १३:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App