२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

सीआईबीको निष्कर्षः ब्रेक शुमा लुकाएर ३०२ किलो सुन तस्करी

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले तस्करीको सुन ल्याउन प्रयोग भएको कम्पनी रेडी ट्रेडर्सले कुल ३०२ किलो सुन भित्र्याएको निष्कर्ष निकालेको छ।  

हङकङबाट तस्करी गरी ल्याइएको झण्डै ६१ किलो सुन प्रकरणको अनुसन्धान प्रतिवेदन सिआइबीले आज जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउँदै छ। सीआईबीले बुझाउन लागेकाे उक्त अनुसन्धान प्रतिवेदनमा ब्रेक शुमा लुकाएर रेडी ट्रेडर्स ३०२ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको छ। 

सीआईबीले ६१ किलो सुन प्रकरणमा ५० जनालाई प्रतिवादी बनाएर अनुसन्धान सकाएको छ। सीआइबीले बिगो ३ अर्ब ५० करोड दुइ लाख १६ हजार ५५२ बिगो असुल उपर निष्कर्ष निकालेको छ। 

प्रकाशित: २७ भाद्र २०८० ०७:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App