६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

सिंजा गाउँपालिका- ४ मा निशुल्क घर बिमा

पालिकाको तस्बिर गोल्डेन बुढा जुम्ला ।

जुम्लाको सिंजा गाउँपालिका (४ ले  निःशुल्क घर बिमा कार्यक्रम लागु गरेको छ।आफ्नो क्षेत्रभित्रका (वडावासी) सबै नागरिकको सुरक्षाका लागि निःशुल्क घर बिमा कार्यक्रम सुरु गरिएको हो।

चालू आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम र बजेटमा निःशुल्क घर बिमाको व्यवस्था गरिएको वडा अध्यक्ष रन्जित बुढाले बताए। वडा भित्रका  ६ वटा बस्तीका करिब ३ सय ६५ घरधुरीका लागि निर्जीवन बिमा सुरक्षाको प्रत्याभूति गरिएको उनको भनाइ थियो।

उनका अनुसार उक्त वडा भित्र भुली ,माथि वाँओ ,तलि वाँओ, गाँडापानि, तल्लो गोठी र बारे गाउँ पर्छन्। त्यसका लागि २ लाख १६ हजार  रुपैयाँ बजेट विनियोजन गरिएको उनले जानकारी दिए।  

'अविरल वर्षा र बाढी पहिराका कारण प्रत्येक वर्ष नागरिक घरबारविहीन हुनुपरेको छ',अध्यक्ष बुढाले भने, 'नागरिकको बासस्थानको सुरक्षाका लागि घर बिमा योजना ल्याएका हौँ।'

स्थानीयको सुरक्षाका लागि पहिलो जिम्मेवारीमा स्थानीय सरकार भएकाले यहाँका नागरिकको सुरक्षाका लागि घर बिमा कार्यक्रमलाई पहिलो प्राथमिकता दिइएको उनले बताए। आगलागि ,बाढि, पहिरो, भुकम्पजस्ता कारणबाट घरहरु क्षतिपूर्ति कम्पनीले भुक्तानी दिन्छ। नेपाल सरकारको पूर्णस्वामित्वमा रहेको शिखर इन्स्योरेन्स बिमा कम्पनी जुम्ला शाखासँग सहकार्य गरेर यहाँका नागरिकको घर बिमा गर्न सुरु गरेका छन्।  

प्रत्येक घरलाई पाँच सय  ८८ रुपैयाँ बराबरको बिमा गर्ने वडा सचिव शान्ति भण्डारीले बताइन्। घरमा प्राकृतिक विपद्‍ले क्षति पुर्‍याएमा बिमाबाट राहत पुग्ने उनी बताउँछिन्।गत वर्ष असोजमा परेको अविरल वर्षाले सिंजा क्षेत्रमा धैरे क्षति गरेको थियो। अझैसम्म यहाँका घर तथा विद्यालय पुनः निर्माण हुन सकेका छैनन्। प्राकृतिक विपत्तिबाट हुने क्षतिलाई कम गर्दै नागरिकलाई राहत महसुस गराउने उद्देश्य छ। चालु आर्थिक वर्षबाट लागू हुने गरी बिमा कार्यक्रम ल्याइएको वडा सचिव भण्डारी बताउँछिन्।यता सिंजा (४ बारे गाउँका स्थानीय युवा मिसन बुढाका अनुसार यो,बिमा कार्यक्रम जनताको हितमा भएको बताए।यस्ता खालका कार्यक्रम युवाले स्थानीय सरकारलाई राजनीति पुर्वाग्रह नगरी सहयोग र समर्थन गर्नुपर्ने बताए।

प्रकाशित: २३ भाद्र २०८० ०४:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App