५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

भक्तपुरमा सवारी दुर्घटना,२५ वर्षीय युवतीको घटनास्थलमै मृत्यु

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको आदर्शमा आज राति दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा घटनास्थलमै एक जनाको  मृत्यु भएको छ। दुर्घटनामा परी मोटरसाइकलमा पछाडि सवार काभ्रे बनेपा नगरपालिका २ घिमिरे गाउँ बस्ने वर्ष २५ की नबिना काफ्ले घिमिरेको घटनास्थलमा नै मृत्यु भएको भक्तपुर प्रहरी परिसरले जनाएको छ।

प्रहरीका अनुसार अरनिको राजमार्ग अन्तर्गत भक्तपुर सुर्यविनायक नपा ८ आदर्श भक्तपुर फ्युल सेन्टर अगाडि जगातीबाट सूर्य विनायकतर्फ जाँदै गरेको बाग्मती प्रदेश –०२–०२३ प २८५९ नं को मोटरसाइकल र विपरीत दिशा तर्फ आउँदै गरेको प्रदेश नं ३ –०२–००२ प ६९३ नं को मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको हो । प्रदेश नं ३ –०२–००२ प ६९३ नं को मोटरसाइकल  अनियन्त्रित भई सूर्य विनायकबाट जागातीतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०३–००१ ख २४११  नं को टेलर गाडीमा समेत ठक्कर खाई सवारी दुर्घटना भएको भक्तपुर प्रहरी परिसरले जनाएको छ।परिसरका एसपी प्रजित केसीका अनुसार दुवै मोटरसाइकल चालकहरू घाइते भएका छन् । उनीहरूको उपचार  मध्यपुर अस्पताल ठिमीमा भइरहेको छ ।  

प्रकाशित: २२ भाद्र २०८० १६:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App