५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

गण्डकी र लुम्बिनी प्रदेशमा बिहानैदेखि वर्षा

गण्डकी र लुम्बिनी प्रदेशमा बिहानैदेखि वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशमा बिहानैदेखि मध्यम वर्षा भइरहेको छ।

कोशी, मधेश, बागमती,  गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी भू-भागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन् चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

त्यस्तै आज राती देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागको थोरै  स्थानहरूमा  तथा बाँकी भू-भागको एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

प्रकाशित: १८ भाद्र २०८० ०१:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App