६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

मेयर शाहकी जुम्ल्याहा छोरी होइनन् !

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहकी छोरीको अवस्था स्थिर रहेको बुझिएको छ।

करिब एक साता अघि मेयर शाहकी पत्नी सबिना काफ्लेले नेपाल मेडिसिटी अस्पतालमा छोरीलाई जन्म दिएकी थिइन्। छोरीको अवस्था सामान्य नभएपछि उनलाई अस्पतालकै एनआईसीयुमा राखेर उपचार भइरहेको छ।

अस्पतालका एकजना चिकित्सकका अनुसार मेयर पत्नी सबिनाले एकजना छोरीलाई  जन्म दिएको र हाल शिशुको अवस्था पनि सामान्य छ।

सुत्केरी भएको एकसाता पछि शाह पत्नी काफ्लेलाई डिस्चार्ज गरिएपनि बच्चा भने अस्पतालमै रहेको ती चिकित्सकले जानकारी दिए। ३२ साताको बच्चा रहेको र तौल पनि कम भएको हुँदा बच्चालाई हाल एनआईसीयुमा राखेर उपचार भइरहेको र हाल बच्चाको अवस्था स्थिर रहेको उनको भनाइ छ।

मेयर शाहले पुत्रि लाभ गरेको, उनको दुई छोरी जन्मेको, दुई मध्ये एकको मृत्यु समेत भइसकेको, केहीले दुबै छोरीको उपचार भइरहेको भनेर विभिन्न किसिमका सुचनाहरु सामाजिक सञ्जालमा आइरहेको देखिन्छ।

यसैबीच शनिवार साँझ मात्र मेयर शाहले सामाजिक सञ्जालमा लेखेको स्टाटसको पनि त्यत्तिकै चर्चा छ। यसको पक्ष र विपक्षमा आमनागरिकले आफ्ना टिप्पणीहरू दिइरहेका छन्।

शाहले फेसबुकमा सिंहदरवारमा आगो लगाइदिने भन्दै स्टाटस लेखेका थिए। उनको उक्त स्टाटसलाई उनका समर्थकले सराहनीय भनेका छन भने कतिपयले आलोचना पनि गरेका छन्। मेयर जस्तो पदमा बसेर यस्तो धम्की दिने क्रियाकलाप गर्न नहुने र नसुहाउने काम भएको भन्दै स्टाटसको आलोचना पनि भइरहेको छ।

मेयर शाहले किन यस्तो धम्कीपूर्ण स्टाटस लेखे भनेर नागरिक न्युज डटकमले बुझ्दै जादा मेयर शाहकी श्रीमती सविना सवार गाडीलाई ट्राफिक प्रहरीले चेकजाँचका लागि केहिबेर रोकेको आक्रोशमा सरकारलाई धम्की दिएको बुझिन्छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्र्प्रसाद भट्टले नियमित चेकजाँचको क्रममा मेयर शाहकी पत्नी सवार गाडी परेको र सामान्य सोधपुछ पछि नै गाडी छोडिएको नागरिकन्यूजलाई बताएका छन्। उनले मेयरकी पत्नी उक्त गाडीमा सवार छिन् र उनलाई अस्पताल जानुपर्ने छ भन्ने कुरा थाहा पाउनासाथ गाडीलाई छोडिएको जानकारी दिए।

प्रकाशित: १७ भाद्र २०८० ०७:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App