१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

दुई महिनादेखि नियमित उडानको प्रतिक्षामा रेसुङ्गा विमानस्थल

बर्खायामको प्रतिकुल मौसमका कारण विगत दुई महिनादेखि नियमित उडान हुन नसकेको रेसुङ्गा विमानस्थलमा आजपनि उडान हुन सकेन ।  

आजदेखि नियमित उडान भर्ने नेपाल एयरलायन्सले जनाएपनि उडान हुन नसकेको हो । गत असारमा विमानले अन्तिम उडान भरेको थियो । काठमाडौँबाट गुल्मीका लागि असार ६ गते उडान भएपनि खराब मौसमका कारण जहाज बीचबाटो बाटै काठमाडौँ फर्किएको थियो । त्यसयता यहाँ विमान अवतरण हुन सकेको छैन ।  

मौसममा सुधार आएसँगै आजदेखि पुनः नियमित उडान हुने सुचनासहित रेसुङ्गा विमानस्थलका लागि नेपाल एयरलाइन्सले टिकट खुल्ला गरेको थियो । तर, खराब मौसमकै कारण आजपनि विमान उड्न नसकेको नेपाल एयरलाईन्सका सुमन थापाले जानकारी दिए ।  

काठमाडौँबाट गुल्मी आउन ३ जनाले टिकट बुकिङ्ग गराएका थिए । गुल्मीबाट काठमाडौँका लागि १३ जना यात्रुले टिकट काटेका थिए । काठमाडौँबाट गुल्मीका लागी बिहान ६ः३० बजे र रेसुङ्गा विमानस्थलबाट काठमाडौँका लागि बिहान ७ः४५ बजे उडान गर्ने समयतालिका छ ।

रेसुङ्गा विमानस्थलमा गत वैशाख अन्तिम साताबाट नियमित उडान कार्य सुरु भएको थियो ।

प्रकाशित: १५ भाद्र २०८० ०५:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App