२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

बलात्कार आरोपित इञ्जिनियर पोखरेल थुनामा

काठमाडौं जिल्ला अदालतले जर्बजस्ती करणीको आरोप लागेका मध्यपहाडी लोकमार्गका आयोजना प्रमुख एवं इन्जिनियर हरिकुमार पोखरेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ। जिल्ला न्यायाधीश भोलानाथ ढकालको इजलासले गत शुक्रबार थुनछेक बहसपछि पोखरेललाई थुनामा पठाउने आदेश गरेको हो।

गत असार ८ मा घटना घटेको भन्दै पीडित युवतीले साउन ५ मा प्रहरीमा जाहेरी दरखास्त दिएकी थिइन्। त्यसपछि प्रहरीले जिल्ला सरकारी वकील कार्यालय काठमाडौंलाई अनुसन्धान प्रतिवेदन बुझाएपछि साउन ५ मा जर्बजस्तीकरणी मुद्दा दर्ता गरेको थियो।

घटनालाई मिलापत्र बनाउन भन्दै युवतीलाई दबाब दिने चारजना र पोखरेलसहित पाँचजनाविरुद्ध मुद्दा दर्ता भएको थियो। घटना मिलापत्र बनाउन खोजेको आरोप लागेका चेतन न्यौपाने र रञ्जीत जैसवाललाई अदालतले जनही तीन लाख ५० हजार रूपैयाँ धरौटीमा छोडेको छ। घटनामा युवतीलाई मिलापत्रका लागि दबाब दिने रामचन्द्र खड्का र मिनबहादुर बस्नेत फरार रहेका छन्।

गत असार ८ मा घटना घटेको भन्दै पीडित युवतीले साउन ५ मा प्रहरीमा जाहेरी दरखास्त दिएकी थिइन्। त्यसपछि प्रहरीले जिल्ला सरकारी वकील कार्यालय काठमाडौंलाई अनुसन्धान प्रतिवेदन बुझाएपछि साउन ५ मा जर्बजस्तीकरणी मुद्दा दर्ता गरेको थियो।

आफ्नै घरमा काम गर्ने युवतीमाथि यौन दुव्र्यवहारको आरोप लागेका पोखरेल पक्राउ परेका थिए। जाहेरी परेको झण्डै साता दिनपछि जिल्ला प्रहरी परिसर, काठमाडौंले शुक्रबार पोखरेललाई साउन १२ मा पक्राउ गरेको हो।

पोखरेलले पीडित युवतीमाथि यौन दुव्र्यवहार गरिरहेको भिडिओ सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भएको थियो। पीडित युवतीले आफैं उक्त भिडिओ सामाजिक सञ्जालमा राखेर न्यायका लागि अनुनय गरेपछि भिडिओ सार्वजनिक भएको थियो।

आफ्नै घरमा काम गर्ने युवतीमाथि यौन दुव्र्यवहारको आरोप लागेका पोखरेल पक्राउ परेका थिए। जाहेरी परेको झण्डै साता दिनपछि जिल्ला प्रहरी परिसर, काठमाडौंले शुक्रबार पोखरेललाई साउन १२ मा पक्राउ गरेको हो।

२३ वर्षे पीडित युवतीले आयोजना प्रमुख पोखरेलले आफूमाथि पटक–पटक दुव्र्यवहार गरेको पीडित युवतीले बताएकी थिइन्।’ सार्वजनिक गरिएको भिडिओ ५८ सेकेन्ड लामो छ। भान्सामा कैद गरिएको भिडिओमा पोखरेलले तल्लो शरीरमा लगाएको लुगाबाहिरबाटै आफ्नो यौनांग चलाइरहेका छन्। त्यसपछि उनले युवतीको हात तानेर आफूतिर तान्न खोजिरहेका छन्। त्यसपछिको दृश्य भने स्पष्ट देखिएको छैन। जसमा धक्कामुक्की भइरहेको बुझिन्छ। युवतीले पोखरेललाई अवरोध गर्न खोज्दै चिच्याइरहेको भिडियोमा देख्न सकिन्छ।

प्रकाशित: १३ भाद्र २०८० ०२:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App