१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

नारायणगढ-मुग्लिन सडक खण्डको अवरोध हटाउन १० घण्टा लाग्ने

नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत टोपेखोलामा सुक्खा पहिरो खस्दा अवरुद्ध बनेको सडक सुचारु गर्न दश घण्टाको समय लाग्ने बताइएको छ।

सडकको माथिल्लो भागबाट लगातार ढुङ्गा सहितको पहिरो खसिरहेकाले सडक खुलाउने कार्यमा असहजता आएको भरतपुर सडक डिभिजनले जनाएको छ।

हाल डिभिजन प्रमुख सहितको टोली हाल उक्त स्थानमा खटी पहिरो हटाउने प्रयास भइरहेको छ। इच्छाकामना गाउँपालिका–६ टोपेखोलामा आज राति ८ बजे पहिरो खसेको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार सुक्खा पहिरो खसी दुईतर्फी सडक अवरुद्ध भएको हो।

सडक अवरुद्ध भएसँगै सो सडक भएर चल्ने सवारी साधन रोकिएका छन्। पहिरो पन्छाउनका लागि सडक डिभिजन कार्यालय चितवनसँग समन्वय भइरहेको उनले जानकारी दिए। सो सडक खण्डमा बर्सात सुरु भएसँगै पटक पटक पहिरो खस्ने गरेको छ।

प्रकाशित: ४ भाद्र २०८० १८:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App