१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

ललिता निवास प्रकरण: पक्राउ परेकामाथि अनुसन्धान गर्न थप ७ दिनकाे म्याद

ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका २० जनामाथि अनुसन्धान गर्न प्रहरीले थप ७  दिनको म्याद पाएको छ।

जिल्ला अदालत काठमाडौंले उनीहरुलाई थप एक साता हिरासतमै राखेर अनुसन्धान गर्न समय दिएको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीका प्रवक्ता नवराज अधिकारीले नागरिक नयुजलाई जानकारी दिए।

सिआइवीले उनीहरूसँग अहिले बयान लिने काम जारी राखेको छ। उक्त घटनामा प्रहरीले विगत एक महिनादेखि अनुसन्धान गरिरहेको छ।

कीर्ते तथा सङ्गठितरूपमा सरकारी जग्गा हिनामिना गरेको आरोपमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहसहितका २० जना व्यक्ति हाल सीआईबीको हिरासतमा छन्।

विसं २०४९ देखि २०६९ सम्ममा सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी भएको फेला परेको थियो। सोही प्रकरणमा सिआइवीले अनुसन्धान गरिरहेको छ।

ललिता निवास प्रकरणमा यसअघि तीन सय जनालाई प्रतिवादी बनाएर ब्यूरोले जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो तर सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने जनाउँदै फाइल फिर्ता पठाएपछि ब्यूरोले पुनः अनुसन्धान थालेको हो।

प्रकाशित: २४ श्रावण २०८० १०:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App