१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

नेपाल-भारत सीमामा नेपालीलाई सास्ती

नेपाल भारत सीमा क्षेत्रमा नेपालीले भारत पस्ने क्रममा निकै सास्ती खेप्नुपरेको छ। गत केही दिनयता भारतीय सीमामा रहेका प्रहरीले नेपालीलाई निकै कडाइ गरेका हुन्।

कुनै पहिचान पत्र नभएपछि बोर्डरबाट नेपालीलाई भारतीय सुरक्षाकर्मीले फर्काइदिने गरेको छ। पाकिस्तानी नागरिक सीमा हैदर नेपालको बोर्डर भएर भारतमा प्रवेश गरेपछि नेपालीलाई पनि सास्ती दिइएको बुझिएको छ। नेपाली नागरिकले कम्तीमा नेपाली नागरिकताको प्रमाणपत्र देखाएर मात्र जान दिने गरिएको छ।

पहिल्यैदेखि यस्तो किसिमको कुनै व्यवस्था नभएका कारण एक्कासि भारतीय पक्षले कडाइ गरेपछि नेपालीलाई विभिन्न कामले भारत जाँदा बोर्डरमै सास्ती खेप्नुपरेको छ।

प्रकाशित: १३ श्रावण २०८० ०५:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App