२ माघ २०८२ शुक्रबार
image/svg+xml

थापाको नेतृत्वले वैधता पाउने कानुनविद्को दाबी

नेपाली कांग्रेसको आधिकारिकता विवादमा निर्वाचन आयोग छलफलमा जुटेका बेला कानुनविद्हरुले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापा नेतृत्वको कार्यसमितिले वैधता पाउने दाबी गरेका छन्।

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस

विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो। यो दिवस मनाउनुको उद्देश्य भूकम्पबारे चेतना फैलाउनु र तयारी बढाउनु हो।

नुवाकोटमा गोरु जुधाई प्रतिस्पर्धा

मकरसङ्क्रान्ति पर्वका अवसरमा बिहीबार नुवाकोटको तारुका, वेत्रावतीलगायत स्थानमा गोरु जुधाई प्रदर्शनी गरेर मनाइएको छ। बिहीबारका दिन विभिन्न स्थानमा विभिन्न इतिहास र किंवदन्तीसँग जोडेर गोरु जुधाई प्रदर्शनीसहित सांस्कृतिक गतिविधिका साथ मकरसङ्क्रान्ति पर्व मनाइएको हो।

यस्तो रहनेछ आजको मौसम, सतर्कता अपनाउन अनुरोध

महाशाखाले हुस्सुका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्यका साथै हवाई तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ।

कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न, नतिजा केही दिनमै आउने

कञ्चनपुरका विभिन्न तालतलैया, नदी र सिमसार क्षेत्रमा यस वर्षको जलपन्छी गणना सम्पन्न भएको छ। सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक जलपन्छीको अवस्था र सङ्ख्या अभिलेख गर्ने उद्देश्यले सञ्चालन गरिएको गणना सकिएको हो।

निर्वाचन ४८ दिन बाँकी : मतदान अधिकृतले के-के गर्नुपर्छ ?

मतदानको दिन मतदान केन्द्रमा आउने विभिन्न घुम्ती टोली, पर्यवेक्षक, पत्रकार, अनुगमनकर्ता र सुरक्षाकर्मीलाई मतदानको अवस्थाका बारेमा जानकारी गराउने, निर्वाचन आचारसंहिताको पूर्ण रूपमा परिपालना गराउने, आचारसंहिता पूर्ण रूपमा परिपालना गराउने, कुनै गैर कानुनी गतिविधि हुन नदिनेजस्ता काम मतदान अधिकृतले गर्नुपर्नेछ।

पेट्रोल तीन रुपैयाँ सस्तियो, डिजेल र मट्टितेल पनि घट्यो

निगमले बिहीबार १२ः०० बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाएको हो। यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर एक रुपैयाँले घटाएको छ। निगमले तय गरेको नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर एक सय ५६ रुपैयाँ र डिजेल र मट्टितेल प्रतिलिटर एक सय ३६ रुपैयाँ कायम भएको छ।

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ४९ पैसा र बिक्रीदर १८ रुपैयाँ ५६ पैसा, कुवेती दिनार एकको खरिददर ४७१ रुपैयाँ ४८ पैसा र बिक्रीदर ४७३ रुपैयाँ ४५ पैसा, बहराइन दिनार एकको खरिददर ३८२ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३८४ रुपैयाँ ०२ पैसा, ओमनी रियाल एकको खरिददर ३७४ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ०७ पैसा रहेको छ। यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

शिक्षामा सफलता

बागमती र गण्डकी प्रदेशमा साक्षरता दर ९५ प्रतिशत पुग्दा मधेसमा मात्र ६६ प्रतिशत रहनुले हाम्रो समग्र शिक्षा अझै पनि भूगोल, जात र आर्थिक अवस्थाबाट निर्देशित छ भन्ने देखाउँछ।

सात हजार यात्रीलाई जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाएको छ ।

१४ औँ ‘नेपाल अफ्रिका अन्तरराष्ट्रिय चलचित्र महोत्सव’ भोलिदेखि

‘नेपाल अफ्रिका अन्तरराष्ट्रिय चलचित्र महोत्सव’ को १४औँ संस्करण भोलिदेखि चार दिनसम्म काठमाडौंमा सञ्चालन गरिने भएको छ ।

‘निफ’ मा ४० देशका ८८ चलचित्र प्रदर्शन गरिने

‘नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को नवौँ संस्करण आगामी चैत १९ देखि २३ गतेसम्म हुने भएको छ ।

केपी ओली र बालेन दुवैलाई झापा–५ मा पाहा पछारेझैं पछार्छौं: हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आगामी निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काठमाडौंका मेयर बालेन शाह दुवैलाई पराजित गर्ने बताएका छन्।

सनम शाक्यको हत्या आरोपी गौतम पक्राउ

नेपाल प्रहरीले ३३ किलोग्राम सुन काण्डमा संलग्न भनिएका सनम शाक्यको हत्या आरोपी एक जनालाई पक्राउ गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्