८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

कपिलवस्तुमा विपद्‍बाट ५० जनाको मृत्यु

कपिलवस्तुमा एक वर्षमा विपद्‍मा परी ५० जनाको मृत्यु भएको छ। एक वर्षमा भएका २ सय २८ वटा विपद्का घटनामा चार करोड बढीको धनमाल नोक्सान भएको छ।

जिल्ला प्रहरी कार्यालय अनुसार आर्थिक वर्षमा २०७९/०८० मा विभिन्न ६ प्रकारमा विपद्‍मा परी ५० जनाको अकालमा ज्यान गएको र ४ करोड १३ लाख ५१ हजार १२५ रुपैयाको धनमाल नोक्सानी भएको हो। यस्तै विपद्मा परी ५० जना मानिस घाइते समेत भएका थिए।

सबै भन्दा बढी खोला पोखरी नदीमा डुबेका २६ घटनामा २५ जनाको मृत्यु भएको प्रहरी उपरिक्षक प्रेम बहादुर बस्नेतले बताए।  दोश्रोमा करेन्ट लागेको ३० वटा घटनामा १३ जनाको ज्यान गएको छ भने १ जना घाइते भएका थिए। करेन्ट लागेर चार चौपाया घाइते भएका थिए। तेश्रोमा सर्पदंशका ३२ घटनामा ९ जनाको ज्यान गएको छ भने २३ जना घाइते भएका थिए। बाढीले गर्दा भएको २ घटनामा २ जनाको मृत्यु,२ जना घाइते र ७ घर क्षति भएको थियो। चट्याङका ३ घटनामा एक जनाको मृत्यु, एक जना घाइते र एक घर क्षति भएको थियो। घर क्षति हुदा ६६ हजारको नोक्सानी भएको थियो। एक वर्षमा जिल्लाका विभिन्न स्थानमा १ सय ३६ वटा आगलागीका घटना भएका थिए। जसबाट ७ जना मानिस घाइते भएका थिए।

आगलागीबाटै ७२ चौपाया मरेका थिए भने ५० चौपया घाइते भएका थिए। आगलागीबाटै ८७ घर र १०७ गोठमा क्षति भई ४ करोड १२ लाख ८५ हजार १२५ रुपैया नोक्सानी भएको थियो। तराईमा जाडोयामा हुने शीत लहर समेत बिपदकारुपमा लिइने गरिएको छ।

तर त्यसबाट मानिस र धनमाल कति क्षति भएको छ त्यसको यकीन नभएको प्रहरी उपरिक्षक प्रेम बहादुर बस्नेतलले बताए। जिल्लामा सबै भन्दा बढी आगलागीका घटना हुने गरेका  त्यसबाट सबै भन्दा बढी धनमालको नोक्सानी हुने गरेको उनले बताए। विपद्का घटना न्युनीकरणका लागि सचेतनाको कार्यक्रम गर्नु पर्ने उनले बताए। ‘मानिसहरु सेचत भए बिपदका घटनाहरु न्युनीकरण गर्न सकिन्छ’ उनले भने। विद्यालय र गाउ समाजका सचेतनामुलक कार्यक्रम गरिए त्यसले राम्रो परिणाम ल्याउने उनले बताए।  

प्रकाशित: ९ श्रावण २०८० १३:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App