४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

किशोरीमाथि सामुहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ

मधेस प्रदेशको सप्तरी कंचनपुर नगरपालिका-१२ धरमपुरकी १७ वर्षीया बालिकामाथि शुक्रबार सामूहिक बलात्कार भएको छ।

शुक्रबार राती घरमै सुतिरहेको बेला चार जनाले पालैपालो बलात्कार गरेको बालिकाले बयान दिएकी ईलाका प्रहरी कार्यालय कंचनपुरका डिएसपी दीपककुमार राईले बताए।

बालिकाको बयान अनुसार छेउको कोठामा पुर्‍याएर कैलाशको निर्देशनमा पालैपालो सुदिप, मनोज र दिपेशले बलात्कार गरेको प्रहरी बताए। बालिकाले घटना परिवारका सदस्यलाई सुनाएपछि प्रहरीमा जाहेरी दिइएको थियो।

बालिका बलात्कार घटनामा संलग्न रहेको आरोपमा  चार जनालाई पक्राउ गरेको डिएसपी राईले बताए।

'घटनामा संलग्न रहेका चारै जनालाई हामीले नियन्त्रणमा लिएका छौ।' राईले भने, 'थप अनुसन्धान भइरहेको छ।'

डिएसपी राईका अनुसार सोही वडाका ४१ वर्षीय कैलाश पोखरेल, २४ वर्षीय सुदिप भुजेल, २२ वर्षीय मनोज विश्वकर्मा र २१ वर्षीय दिपेश सुबेदीलाई पक्राउ गरिएको छ।

प्रकाशित: २ श्रावण २०८० १०:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App