८ वैशाख २०८१ शनिबार
समाज

बालक अपहरण गर्ने छिमेकी पक्राउ

बालक अपहरण आरोपमा पक्राउ गरेका अभियुक्त सार्वजनिक गरिदै । तस्बिर : सन्तोष सिंह

सर्लाही – सर्लाहीको बरहथवाबाट बालक अपहरण गर्ने छिमेकी सहित तीन जनालाई प्रहरीले सार्वजनिक गरेका छन् । बालक अपहरण गरेर भारत पुर्याउने तीन जनालाई पक्राउ गरी ९ दिन पछि ७ वर्षीय बालकलाई भारतको घोडासान स्थित रेल्वे स्टेशनबाट सकुशल अपहरण मुक्त गराउन सफल भएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक ललन कुर्मीले बताए।   

जेठ १५ गते रौतहट गढिमाई नगरपालिका–१ घर भइ हाल बरहथवा–६ मा बासोबास गर्दै आएका गोरु व्यापारी रामपुकार यादवका ७ वर्षीय छोरा राकेश कुमार यादवलाई बरहथवा स्थित घर अगाडिबाट खेलिरहेका अवस्थामा अपहरण गर्ने दुई जान छिमेकी सहित तीन जनालाई पक्राउ गरिएको प्रहरी निरीक्षक कुर्मीले बताए । 

बलाक अपहरण आरोपमा रौतहट, गढिमाई नगरपालिका–१ का २२ वर्षीय अशोक यादव, १८ वर्षीय विक्की यादव  र रौतहट देवाहीगुना गाउँपालिका–३ का ३३ वर्षीय मोहन शाह कानुलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ गरेका गढीमाई–१ का यादव द्वय अपहरित बालकको छिमेकी हुन । बालक अपहरणमा प्रयोग भएको बिआर ०५ एफ ७३८१ नम्बरको भारतीय नम्बर प्लेटको १८० सीसीको पल्सर मोटर साइकल समेत प्रहरीले बरामद गरेको छ । 

बालक अपहरण आरोपमा ५ जनालाई भारतीय प्रहरीले समेत पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक उतमराज सुवेदीले बताए । नेपालबाट भारत सम्म बालक अपहरण गरी पुर्याउने योजनाकार यादव संगै अपहरणमा संलग्न दुई जनालाई पक्राउ परेको छ, प्रहरी उपरीक्षक सुवेदीले भने,‘अपहरणमा संलग्न केही व्यक्ति भारतीय प्रहरीको हिरासतमा छन् । अनुसन्धान जारी छ । बालक अपहरणका मुख्य योजनाकार पहिचान भएको छ । चाँडै पक्राउ पर्छन ।’

रौतहट लक्ष्मिपुरका बारुद सिंह भनिने सुरेन्द्र यादवको मुख्य योजनामा पक्राउ परेका अशोक यादवको योजनामा फिरौती असुल्नका लागि बालकको अपहरण भएको प्ररम्भिक अनुसान्धनबाट खुलेको प्रहरीले जनाएको छ। नेपालको रौतहटबाट अशोक यादवले विक्की यादव र मनमोहन यादवलाई परिचालन गरेका थिए  भने भारतको घोडासानबाट सुरेन्द्र यादवले भारत बैरगिनियाका नरेन्द्र चौधरी र परंहस यादवलाई परिचालन गरी बालकलाई लुकाएको अनुसन्धानबाट खुलेको छ । पीडित परिवारलाई धम्की दिएर फिरौती माग्ने काम सुरेन्द्र आफैले गरेको प्रहरीले जनाएको छ ।

बालकलाई सकुशल अपहरण मुक्त गराउन क्षेत्रीय प्रहरी कार्यालय हेटौडा, अञ्चल प्रहरी कार्यालय जनकपुर, जिल्ला प्रहरी कार्यालय सर्लाही, इलाका प्रहरी कार्यालय बरहथवा, जिल्ला प्रहरी कार्यालय रौतहट, भारतको सितामढी र मोतिहारी जिल्लाका प्रहरीले संयुक्त रुपमा अनुसन्धान अनुसन्धान गरी अप्रेशन सफल बनाएको प्रहरीले जनाएको छ । 

 

प्रकाशित: २५ जेष्ठ २०७४ १०:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App