६ वैशाख २०८१ बिहीबार
समाज

सानेपाको प्रिस्कूलले लापरवाही गर्दा ११ बालबालिका प्रहरी नियन्त्रणमा

प्रहरीले नियन्त्रणमा लिएको भेन।

ललितपुर—राजधानीको नाम चलेको एउटा अन्तर्राष्ट्रिय प्रि स्कूलको लापरवाहीका कारण एघार जना तीनवर्ष मुनिका बालबालिका साढे दुई घण्टा प्रहरी नियन्त्रणमा बस्नु परेको छ।

ललितपुर सानेपामा रहेको भारतीय जी लर्नको शाखा किडजीमा अध्ययनरत ११ जना बालबालिकालाई महानगरीय प्रहरी प्रभाग सानेपाले साढे दुई घण्टा सुरक्षित राखेको हो। भ्यान लापरवाहीपूर्वक चलाए देखेपछि प्रहरीले जाँच गरेको थियो। जाँचका क्रममा  बा ६ च ८६२९ नम्बरको भ्यान लाइसेन्स नभएका व्यक्तिले चलाएको पाइएपछि प्रहरीले नियन्त्रणमा लिएको हो।

'अभिभावकलाई बिद्यालयको लापरवाही जानकारी गराउन जरुरी थियो। यो विषयमा अभिभावक समेत सचेत हुन आवश्यक छ’, उनले भने।

प्रभाग प्रमुख रामकृष्ण सापकोटाका अनुसार  बालबालिका बोकेको भ्यान सामान्य अवस्था भन्दा फरक चलेको देखिएको र चालकसँग लाइसेन्स नभएको पाइएपछि चालकसहित बालबालिकालाई प्रभागमा ल्याइएको हो।

‘बालबालिका बोकेको भ्यानको हकाई असामान्य देखेपछि रोकेर सोधपुछ गरेका थियौ, चालक अनुमति पत्र नभएका सिकारुले चलाएको फेला परेपछि नियन्त्रणमा लिएका हौं,’ प्रहरी निरीक्षक सापाकोटाले भने। उनका अनुसार भ्यानमा रहेका ११ जना बालबालिकालाई अभिभावकको जिम्मा लगाइसकिएको छ।

'अभिभावकलाई बिद्यालयको लापरवाही जानकारी गराउन जरुरी थियो। यो विषयमा अभिभावक समेत सचेत हुन आवश्यक छ’, उनले भने।

बालबालिका लिन प्रभागमा आएका अभिभावकले एक सातादेखि बालबालिकालाई सिकारु चालकको जिम्मा लगाएको भन्दै बिद्यालयका अध्यक्ष रघुनाथ न्यौपानेसँग गुनासो गरेका थिए।

विद्यालयले बा ५ च ८६२९ नम्बरको निजी भ्यान बिद्यालय प्रयोजनका लागि भाडामा लिएको र भ्यानका मालिक केशब रजकले चलाउने गरे पनि शुक्रबार सिकारुलाई दिँदा घटना भएको जनाएको छ।

अध्यक्ष न्यौपानेले आफूहरु भ्यानका साहु रजकको भरोसामा पर्दा घटना भएको बताए। उनले बिद्यालयलाई यसले पाठ सिकाएको नागरिकन्युजसँग बताए। प्रहरीले गाडी साहु रजक र सिकारु चालक शौरभ मगरलाई नियन्त्रणमै राखेर थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: १९ जेष्ठ २०७४ ११:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App