७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रधानमन्त्री पत्नी सीता दाहालको पार्थिव शरीर पेरिसडाँडामा राखिने

बुधबार बिहान निधन भएकी प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीता दाहालको पार्थिव शरीरलाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा राखिने भएको छ। स्वर्गिय दाहालको पार्थिव शरीरलाई अन्तिम श्रदान्जली दिनको लागि अहिले बिहान ११ बजेदेखि १ बजेसम्म पेरिस डाँडामा राखिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।  

उनको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गर्ने तयारी गरिएको पनि प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बुधबार बिहान उपचारको क्रममा नर्भिक अस्पतालमा सीता दाहालको निधन भएको हो। पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित दाहालको हृदयघातका कारण निधन भएको अस्पतालले बताएको छ। उनलाई प्रधानमन्त्री दाहाल आँफैले सवा सात बजे नर्भिक पुर्याएका थिए।

अहिले नर्भिक अस्पतालमा सुरक्षाकर्मी, मन्त्री, पार्टी कार्यकर्ता आफन्त र सर्वसाधारणलगायतको ठूलो भीड लागेको छ ।

 

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री दाहाल पत्नी सीता दाहालको निधन

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री पत्नी सीता दाहालको स्वास्थ्य अवस्था गम्भीर

 

प्रकाशित: २७ असार २०८० ०३:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App