८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

चिल्खायामा पनि फैलियो मौसमी भाइरल ज्वरो

कालिकोट तिलागुफा–१० रुडुगाउमा फैलिएको मौसमी भाइरल ज्वरो छिमेकी वडा चिल्खायामा पनि फैलिएको छ। तिलागुफा ९ चिल्खायामा पनि भाइरल ज्वरो र रुघाखोकीका बिरामी भेटिएका हुन्।

रुडु गाउँमा फैलिएको भाइरल ज्वरोले १३ वर्षीया बालिकाको मृत्यु भएको थियो भने ३ सयभन्दा बढी मानिस बिरामी परेका छन्। रुडु गाउँमा रोग फैलिएपछि शुक्रबार जिल्ला अस्पताल मान्म र तिलागुफा नगर अस्पतालबाट खटिएका ३ चिकित्सकसहित ९ स्वास्थ्यकर्मीले ३ सय ११ बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए। छिमेकी गाउँ चिल्खायामा पनि ज्वरोका बिरामी भेटिएको स्थानीयले बताए।

स्थाीनयका अनुसार गाउँमा सबै जसो घरमा ज्वरोको बिरामी छन्। रुडु गाउँमा फैलिएको मौसमी भाइरल ज्वरो भएको प्रारम्भिक अनुमान गरिएको स्वास्थ्य शिविरमा रुडु गएर फर्किएको जिल्ला अस्पतालका डा.रामानन्द चौधरीले बताए। 'लक्षण हेर्दा मौसमी भाइरल ज्वरोको जस्तो देखिन्छ,' उनले भने, 'ल्याब टेस्ट नगरी यही हो भन्न सकिँदैन।'

ज्वरो आउने, घाँटी र टाउको दुख्ने, घाँटीमा टन्सिल हुने, अनुहारमा दाग देखिने र हातखुट्टा सुनिने लक्षण भएको रोग गाउँमा फैलिएपछि तिलागुफा नगर र जिल्ला अस्पताल मान्मबाट चिकित्सकसहितको टोलीले शुक्रबार रुडु गाउँ पुगेर बिरामीको परीक्षण गरी औषधि वितरण गरेको हो।

प्रकाशित: २५ असार २०८० ०६:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App