३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

बहुविवाहका फरार प्रतिवादी पक्राउ

बहुविवाह मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ परेका छन्। डुडुवा गाउँपालिका–३ का ३५ वर्षीय कमरुद्दीन  खाँ र २६ वर्षीया रेश्मा पक्राउ परेका हुन्।

गत फागुन ३० गते जिल्ला अदालतले उनीहरूलाई जरिवाना र सजाय सुनाएको थियो। जिल्ला अदालतले कमरुद्दीनलाई १० महिना २९ दिन कैद र पाँच हजार जरिवाना तोकेको थियो। त्यस्तै रेश्मालाई एक वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवाना तोकेको प्रहरीले जनाएको छ। 

उक्त फैसलापछि उनीहरु फरार थिए। फरार प्रतिवादी दुवै जनालाई शुक्रवार पक्राउ गरी जिल्ला अदालतमा बुझाइएको प्रहरीको भनाइ छ।

प्रकाशित: २२ असार २०८० १३:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App