८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

राजधानीका नाइट क्लब र डान्स बार अपराधका अखडा

राजधानीका नाइट क्लब र डान्स बार आपराधिक गतिविधिका अखडा बन्न थालेका छन्। नेपाल प्रहरीले असारमा मात्रै दुईवटा घटनामा संलग्नलाई पक्राउ गरेपछि ती ठाउँहरू आपराधिक गतिविधिको अखडा बन्न थालेको पुष्टि भएको हो। १६ वर्षे किशोरीमाथि बलात्कार र लागुऔषध सेवनकर्ताहरूको जमघट एवं कारोवारमा सक्रियहरू पक्राउ परेपछि राजधानीका डान्स बार र नाइट क्लबलाई प्रहरीले निगरानीमा राखेको छ।  

बिहीबार साँझ मात्रै नेपाल प्रहरीले काठमाडौंको ठमेलस्थित चर्चित नाइट क्लब लर्ड अफ ड्रिंक्स (एलओडी) का सञ्चालक राजुसिंह सुवाललाई काठमाडौंको बालुवाटारबाट पक्राउ गर्यो। उनका अर्का साझेदार रुदिलबल्लव श्रेष्ठ भने फरार छन्। उनलाई पनि प्रहरीले खोजी गरिरहेको छ। ललितपुर जिल्ला अदालतले एलओडीका सञ्चालकहरू सुवाल र श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। काठमाडौं प्रहरीले सुवाललाई ललितपुर प्रहरीको जिम्मा लगाएको छ । कम्पनी रजिस्ट्रार कार्यालयमा रहेको कम्पनीको प्रबन्धपत्रमा रुदिलबल्लभ र राजु सिंह मात्र सञ्चालक देखिन्छन्। त्यसैले उनीहरूविरुद्ध पक्राउ पुर्जी लिइएको थियो।

एलओडी छिरेकी १६ वर्षीया बालिका गत जेठ ३१ गते सानेपामा बलात्कृत भएको पाइएपछि प्रहरीले त्यहाँका सञ्चालकलाई पनि कारबाहीको दायरामा ल्याएको हो। ती बालिकालाई बलात्कार गरेको आरोपमा स्थायी घर पोखरा भएका तर ललितपुर बस्दै आएका ५० वर्षीय सुदनबहादुर कोइराला पक्राउ परेका थिए। ललितपुर प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहका अनुसार उदयपुर स्थायी घर भई कोटेश्वर बस्दै आएकी १५ वर्षीया बालिकालाई एलओडी क्लबबाट ललितपुरको बागडोल पुर्याएर बलात्कार गरेका आरोप कोइरालालाई लागेको छ। बागडोलमा कोइरालाको अफिस थियो। सोही कार्यालयमा लगेर उनले बालिकालाई बलात्कार गरेको उजुरी परेपछि उनलाई पक्राउ गरी अनुसन्धान सुरु भएको थियो। ‘खासगरी नाइट क्लबहरूले आफ्नो मापदण्डविपरीत कार्य गरिरहेको देखिन्छ, त्यसका आधारमा उनीहरूलाई कारबाहीको दायरामा ल्याउनु जरुरी छ,’ललितपुर प्रहरी परिसरका प्रमुख शाहले भने।

यो मात्रै होइन, असार १० गते लागुऔषध नियन्त्रण ब्युरोले नेपालमा दुर्लभ मानिएको लागुऔषध एलएसडी (लिसेरजिक एसिड डिथिलामाइड) कारोबार भएको भन्दै सुरुमा तीनजनालाई पक्राउ गरेको थियो। नाइट क्लब र डान्स बारहरूमा विदेशी नागरिकहरू एलएसडीको कारोबारमा राजधानीमै सक्रिय रहेको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ। असार १० मा ब्युरोका अधिकारीहरूले एलएसडी लागुऔषधको कारोबारमा संलग्न दुई विदेशीसहितको गिरोहलाई पक्राउ गरेपछि यसको पुष्टि भएको हो। उनीहरूबाट १० हजार १३१ वटा एलएसडी लागुऔषध बरामद भएको र यो नेपालमा अहिलेसम्मकै ठुलो बरामद भएको प्रहरीको दाबी छ।

उनीहरूले ठमेलका नाइट क्लब तथा विभिन्न होटल–रिसोर्टमा ट्रान्स पार्टीका लागि यस्तो लागुऔषध बिक्री हुँदै आएको ब्युरोका प्रमुख एसएसपी गोविन्द थपलियाको जिकिर थियो। प्रहरीले विदेशबाट एलएसडी ल्याएर बिक्री गर्ने इटालियन नागरिक डेभिट मिनाडियोलाई ठमेलबाट पक्राउ गरेको थियो।  

उनका सहयोगीहरू राज गौतम र चेक रिपब्लिककी मार्टिना सेर्नालाई प्रहरीले पक्राउ गरेको थियो। त्यसपछि अर्का एजेन्ट मुखिया गुरुङले सुगम मैनालीमार्फत एजेन्ट बनाएर ठमेलका क्लब तथा रेस्टुरेन्टमा यस्तो लागुऔषध बिक्री गर्दै आएको भन्दै प्रहरीले पत्रकार सम्मेलनबाटै जानकारी दिएको थियो। उनीहरू पनि पक्राउ परे। जसले गर्दा पनि काठमाडौंका नाइट क्लबहरू निगरानीका परेका छन्। ठमेलबाटै पक्राउ परेका इटालियन नागरिकसँग मेथमफेटामाइन तथा मुखियासँग कोकिनसमेत बरामद भएको थियो।

सामान्यतया नेपाली बजारमा कोकिनको खपत नहुने र अन्तर्राष्ट्रिय गिरोहले विदेशी पर्यटक तथा क्लबमा जानेलाई लक्षित गरी यस्तो लागुऔषधको कारोबार थालेको प्रहरीले जनाएको छ। मुखिया यसअघि याबा लागुऔषधसहित पक्राउ परेर २७ महिना जेल बसेर छुटेका व्यक्ति हुन्। उनका सहयोगीहरू दावा तामाङ र नरबहादुर तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार एउटा एलएसडीको नेपालमा ३ हजारदेखि ४ हजार रूपैयाँसम्म बिक्री गर्दै आएका थिए। निकै धनाढ्य समूहले यसको खरिद गर्ने र नाइट क्लब, डान्स बार जाने समूह यसका ग्राहक रहँदै आएको प्रहरीको भनाइ छ। असार १० मा बरामद गरिएको लागुऔषधको अवैध बजार मूल्य करिब ४ करोड रूपैयाँ रहेको प्रहरीको दाबी छ। ‘धनाढ्य समूहका छोराछोरीले अभिभावकलाई छलेर यस्तो ट्रान्स पार्टीमा सहभागी हुने गरेका छन्, जसले गर्दा यसको कारोबार बढेको हो,’ब्युरो स्रोतले भन्यो।

प्रहरीका अनुसार यस्तो लागुऔषध नेपालमा बैंककबाट भारत हुँदै आएको हो। प्रहरीका अनुसार सामाजिक सञ्जालबाटै गोप्य रूपमा समूह बनाएर यस्ता लागुऔषधको कारोबार हुने गरेको साथै त्यसबेला आयोजना हुने ट्रान्स पार्टीमा धनाढ्य व्यक्तिहरू तथा पर्यटकहरूसमेत सहभागी हुने गरेको ब्युरोका प्रहरी अधिकारीहरूले बताएका छन्। प्रहरी अधिकारीका अनुसार यस्तो पार्टीमा नेपालीहरू पनि जाने गरेको, त्यसको समूह निर्माण डान्सबार रात्रि क्लबमा नियमित जाने गरेका किशोरकिशोरीहरूलाई समेटेर बनाउने गरिएको छ। जसले गर्दा नाइट क्लब र डान्स बारहरू बदनाम हुँदै गएको प्रहरीको दाबी छ।

प्रकाशित: २२ असार २०८० ००:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App