१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

ट्रकले ठक्कर दिँदा अटो चालकको मृत्यु

साङ्केतिक तस्बिर।

मोरङको पथरी शनिश्चरेमा आइतबार ट्रकले ठक्कर दिँदा अटो चालकको मृत्यु भएको छ।

पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत पथरी शनिश्चरे नगरपालिका–२ मा ना ६ ख १३७२ नम्बरको ट्रकले ठक्कर दिँदा को २ अ २२९३ नम्बरका अटो चालक पथरी शनिश्चरे–२ का ५५ वर्षीय भीमशरण तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ।

पूर्वतर्फ जाँदै गरेको ट्रकले पश्चिमतर्फ आउँदै गरेको अटोलाई ठक्कर दिँदा अटोका चालक तामाङ घाइते भएका थिए। घाइते तामाङको उपचारका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पुर्‍याउन साथ चिकित्सकले मृत घोषित गरेको इप्रका पथरीका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।

दुर्घटनामा संलग्न ट्रक र चालक झापाको बिर्तामोड नगरपालिका–४ का ४६ वर्षीय नेत्रप्रसाद मैनालीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको डिएसपी भण्डारीले जानकारी दिए।

प्रकाशित: १७ असार २०८० १३:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App