२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

निजामती सेवामा आकर्षण बढाउन सरकारले आकर्षक प्याकेज ल्याउनुपर्छ: अध्यक्ष रेग्मी

लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले सरकारले निजामती सेवामा आकर्षण बढाउन आकर्षणका प्याकेजहरू ल्याउनुपर्ने बताएका छन। 

आज राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले यस्तो कुरा बताएका हुन। उनले नागरिकहरू निजामती सेवातर्फ किन आकर्षित भएनन् भन्ने विषयको खोजी हुनुपर्ने बताए।

उनले अभिभावकहरूले आफ्ना सन्तानलाई अध्ययन गराउँदा नेपालका लागि केही गर्नुपर्छ भन्ने सन्देश दिन नसक्नु पनि निजामती सेवामा आकर्षण घट्नुको कारण हुनसक्ने बताए। उनले मुलुकको सामर्थ्य अनुसार अरु सेवा समूहलाई नियालेर आकर्षक प्याकेज ल्याउनुपर्ने बताए। 

उनले निजामती कर्मचारीहरू २० वर्षमै पेन्सनमा जाने हो भने पेन्सनमा सरकारको दायित्व अत्याधिक बढ्ने र अनुभवी कर्मचारी निजामती सेवामा नहुने समस्याले निजामती सेवालाई नै असर पुग्ने स्थिति आउने बताए। उनले प्रशासनिक संघीयताको व्यवस्थापन गर्न कठिनाइ भइरहेको पनि जानकारी दिए। 

प्रकाशित: १२ असार २०८० १२:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App