२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

गरिबीले यौन पेसाकर्मी बढ्दै

उनी अहिले बाइसतेइसकी जवान युवती हुन्। १७ वर्ष छँदादेखि गरिबीका कारण विवाह नगरेर यौन पेसामा लागेको उनी बताउँछिन्। घरको आर्थिक अवस्था न्यून भएपछि आफू यौन पेसामा लागेको खुलेरै उनी बताउँछिन्। नाम नबताउने सर्तमा उनले भनिन्, ‘गरिबीकै कारण विवाह नगरेर सोनै उमेरमा आफ्नो इच्छा पूरा गर्न यो पेसा अँगालेकी हुँ।’ घरबाट उच्च शिक्षा हासिल गर्न सहर छिरेकी उनले अहिले यौनिक पेसा अँगालेकी छन्। उनले भनिन्, ‘मैले यो जवानी यसै पेसामा सुम्पेकी छु।’

दुई वर्षपहिले सुर्खेत झरेकी उनका केही दिन अन्योलमा बिते। केही दिनपछि आफ्नो साथीसँग होटलमा पुगिन्। ‘कोठा बुक गरेको रहेछ। अपरिचित केटा म बसेको कोठामा पस्यो। उसले कोठाबाट निस्कँदा दिएको एक हजार रूपैयाँको नोटले विस्तारै मेरो मन फराकिलो बनाउँदै लग्यो। यसैले हो कि पैसा कमाउँदै गएकी छु’, उनले भनिन्।

दुई वर्षपहिले सुर्खेत झरेकी उनका केही दिन अन्योलमा बिते। केही दिनपछि आफ्नो साथीसँग होटलमा पुगिन्।

एक होटलमा बसेर राम्रै कमाइ गर्न सफल भएकी छु। घर पठाउने पनि गरेकी छु। गला, घाँटी र हातमा सुन छ। ऐसआरामका साथ बस्न पाएकी छु। मलाई यहाँसम्म ल्याएको गरिबी र अशिक्षाले नै हो।

कर्णालीमा मौलाउँदै यौन व्यवसाय

कर्णालीमा यौन व्यवसाय बढ्दै गएको पाइएको छ। नेपाली तथा भारतीय नागरिक यौनजन्य क्रियाकलापका लागि सुर्खेत र दैलेखका स्टार होटेल, गल्लीनजिकका होटल र पर्यटकीय स्थानमा आउने गर्छन्।

सुर्खेत कर्णाली प्रदेशको केन्द्र हो, अध्ययन होस् या रोजगार, सुर्खेत कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका विभिन्न जिल्लाका व्यक्तिको पहिलो रोजाइमा पर्दै आएको छ। व्यापार–व्यवसाय तथा फेसन र आधुनिकताको दृष्टिले समेत केन्द्र रहँदा सुर्खेत अन्य जिल्लाभन्दा छिटै सबैको नजरमा पर्ने गर्छ। त्यसैले पनि युवायुवती जान–अन्जान वा लहलहैमा यौन व्यवसायमा छिरिरहेको जानकार बताउँछन्।

सुर्खेतमा यौन व्यवसाय फस्टाउनुको प्रमुख कारण आर्थिक अभाव, विलासी जीवनशैली, लागुऔषध र देखासिखी प्रमुख कारण हुन्। घर तथा कोठा भाडामा लिएर व्यावसायिक रूपमा अध्ययन तथा रोजगारमा लागेकाहरूसमेत गुणस्तरीय जीवन प्राप्तिको आशामा यस पेसामा लाग्ने गरेको रहस्य खुलेको छ।

केही वर्षअगाडि सुर्खेत वा अन्य सहरमा केही होटेल र रिसोर्टमा मात्र सीमित रहेको यौन व्यवसाय पछिल्लो समय ससाना होटेल तथा कोठामा समेत चल्न थालेको छ। प्रविधिमैत्री बनेको युवा पुस्ता प्रविधिमार्फत नै आफ्ना ग्राहक र यौनकर्मीको खोजी सहजै गर्छन्, जसले गर्दा प्रहरी वा प्रशासनको पहुँचभन्दा टाढा रहन सकिने उनीहरूको बुझाइ छ।

कर्णालीमा यौन व्यवसाय बढ्दै गएको पाइएको छ। नेपाली तथा भारतीय नागरिक यौनजन्य क्रियाकलापका लागि सुर्खेत र दैलेखका स्टार होटेल, गल्लीनजिकका होटल र पर्यटकीय स्थानमा आउने गर्छन्।

कर्णालीमा गरिबी, अशिक्षा र अभावले कालिकोट, दैलेख, जुम्ला, मुगुलगायतका किशोरी सुर्खेतमा बस्दै यौन व्यवसायमा लाग्ने गरेको प्रहरी तथ्यांक छ।

सुर्खेतमा मात्रै होइन, वीरेन्द्रनगरको एरी चोक, वीरेन्द्र चोक, यी चोकका गल्ली प्रदेश अस्पतालनजिकैका होटल, पर्यटकीय क्षेत्रहरूमा त्यस्ता क्रियाकलाप मौलाउँदै गरेको जानकार बताउँछन्।

उसो त वीरेन्द्रनगर वा सुर्खेत जिल्लामा ठुला होटेल र होमस्टेमा मात्रै त्यस्ता क्रियाकलाप हुने गरेको भने होइन, सुर्खेतका केही स्थानमा साँझपख सडक छेउछाउमै यौनिक मोलमोलाइ हुने गरेको बताइन्छ।

यस्तै दैलेख जिल्लाको सदरमुकाम बजारका होटलहरूमा पनि यौन व्यवासाय चल्ने गरेको छ। सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, टुइटर र टिन्डरजस्ता एपका माध्यमद्वारा यौनको मोलमोलाइ तथा खरिदबिक्री हुने गरेको छ र त्यसको छनक प्रहरी र प्रशासनलाई नहुने भएका कारण यस्ता यौनजन्य क्रियाकलाप सुर्खेतमा मौलाउँदै गएको हो।

त्यसो त कर्णालीमा यौनिक क्रियाकलाप रोक्न प्रहरीले प्रयास भने नगरेको होइन। गत जेठ १० मा दैलेख सदरमुकामबाट दुईजना यौन व्यवसाय सञ्चालन गर्दै आएका होटल मालिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। गोप्य सूचनाका आधारमा दैलेख प्रहरीले सदरमुकामस्थित ज्वालामुखी होटलका सञ्चालक ४० वर्षीय तीर्थप्रसाद न्यौपाने र आरती होटलका सञ्चालक ३० वर्षीय दीपेन्द्र कटुवाल रहेको दैलेखका नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले बताए।

यस्तै दैलेख जिल्लाको सदरमुकाम बजारका होटलहरूमा पनि यौन व्यवासाय चल्ने गरेको छ। सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, टुइटर र टिन्डरजस्ता एपका माध्यमद्वारा यौनको मोलमोलाइ तथा खरिदबिक्री हुने गरेको छ र त्यसको छनक प्रहरी र प्रशासनलाई नहुने भएका कारण यस्ता यौनजन्य क्रियाकलाप सुर्खेतमा मौलाउँदै गएको हो।

सञ्चालन गरिरहेका दुईजनालाई पक्राउ गरेको छ। यौनजन्य क्रियाकलाप हुने होटेलहरूमा छापा मार्ने र त्यस्ता क्रियाकलापमा संलग्न व्यक्ति तथा होटेल सञ्चालकलाई नसियतसमेत दिने गरेको छ, तर पनि यौनिक क्रियाकलाप रोकिन सकेको छैन।

प्रकाशित: १० असार २०८० ०१:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App