१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

बागमती नदीमा फसेका पाँच जनाको सकुशल उद्धार

बागमती नदीमा आएको बाढीका कारण फेसेका पाँच जनाको सकुशल उद्धार गरिएको छ। नदीमा अचानक बाढी आएपछि गोठालो गएका पाँच जना बागमती नदीमा फसेका थिए। उनीहरूलाई सुरक्षाकर्मीको टोलीले उद्धार गरेको हो।

रौतहटको राजदेवी नगरपालिका ३ चन्डिहा गाउँबाट भैँसी चराउन बागमती नदीको बगरमा गएका उनीहरू नदीमा अचानक बाढी आएपछि फसेका थिए। उद्धार गरिएका पाँच जना मध्ये चार जना महिला र एक जना पुरुष रहेका छन्।

साँझ पख घर फर्किन खोज्दा अचानक बाढी आएपछि ५० बर्षिया रामपति देवी, ३० बर्षिया ललिता देवी र सर्लाही बलरा जमुनियाका ६० बर्षिय किसन सहनीलाई १२ बजे नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी उमाशंकर प्रसाद यादवले जानकारी दिए।

भैँसी सहित रहेका दुई जनालाई डुङ्गासहितको टोली गएर राजदेवी ३ चण्डिहाका ६० बर्षिय विलास साह र ४० बर्षिय करणशिला साहलाई उद्धार गरिएको छ।

प्रकाशित: ९ असार २०८० १४:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App