४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

तनहुँमा कार र बस ठोक्किँदा ५ जना घाइते

तनहुँको भानु नगरपालिका-९ बडहरेमा कार र बस एक आपसमा ठोक्किँदा ५ जना घाइते भएका छन्।

शनिबार दिउँसो करिब साढे दुई बजेको समयमा लमजुङको बेशिसहरबाट डुम्रेतर्फ आउँदै गरेको प्र.३-१०२४ च ९८३७ नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको ग १ ख ४३७५ नम्बरको बस आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा कार चालक ललितमान रुम्बासहित त्यसमा सवार ५ जना घाइते भएका छन्। घाइतेहरुको एलाईभ अस्पताल भरतपुर चितवनमा उपचार भइरहेको छ।

उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिए।

प्रकाशित: ९ असार २०८० १३:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App