१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

मधुवनमा दुई जनाको मृत्यु

मधुवननगरपालिकामा रहस्यमय दुई जनाको मृत्यु भएको छ।अखाद्य झोल पदार्थ खाएर दुई जनाको मृत्यु भएको हो।डम्पीङ साइडमा फालिएको सेनिटाईजरको ग्यालेन प्रहरीले फेला पारेको छ। प्रहरी र स्थानीयका  अनुसार म्याद गुज्रिएको सेनिटाइजरको सेवनले दुई जनाको मृत्यु र दुई जना बिरामी भएका छन्।

मधुवननगरपालिका–८ कृष्णफाँटाकी ७० वर्षीय गौरी राजीको बुधवार र ३५ वर्षीया कमला सुनारको बिहीबार मृत्यु भएको डिएसपी हिक्मतबहादुर बोहराले जानकारी दिए। ‘सोही स्थानका ५६ वर्षीय जगत कुमारी गुरुङ्ग र ७५ वर्षीय जय बहादुर गुरुङ्ग बिरामी भएका छन्’ डिएसपी बोहराले भने,‘बिरामी भएका श्रीमान र श्रीमती हुन्,उनीहरुको बाँके शिक्षण अस्पतालमा उपचार भईरहेको छ।’ 

प्रकाशित: ८ असार २०८० १३:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App