२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

राष्ट्रिय गौरवका आयोजनाहरु समयमै सम्पन्न गर्ने कार्ययोजना बनाउन सरकारलाई निर्देशन

राष्ट्रिय गौरवका आयोजनाहरु देखिएका समस्याहरु समाधान गरी समयमा नै सम्पन्न गर्ने कार्ययोजना बनाउन सरकारलाई दिगो विकास तथा सुशासन समितिले निर्देशन दिएको छ।

आईतवार बसेको राष्ट्रिय सभा अन्तरर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा राष्ट्रिय गौरवका कायोजनाको विषयमा छलफल पश्चात सरकारलाई यस्तो निर्देशन दिएको हो।

समिति सभापति प्रकाश पन्तले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यलयले राष्ट्रिय गौरवका कायोजनाका समस्या समाधान गरी समयमा नै सम्पन्न गर्न छु्ट्टै कार्ययोजना बनाउन आग्रह गरे। उनले राष्ट्रिय गौरवका आयोजनाहरु समयमा नै सम्पन्न गर्न आयोजनामा देखापरेका समस्या हल गर्नेगरी आयोजना विशेषको कार्ययोजना बनाउन आवश्यक रहेको बताए। उनले आयोजना कार्यान्वयनको लागि आवश्यक पर्ने नीतिगत सुधार केके हुनसक्ने भन्ने विषय समेटेर कार्ययोजना बनाउनु पर्ने बताए।

उनले भने,‘राष्ट्रिय गौरवका आयोजनाहरु समयमा नै सम्पन्न गर्न आयोजनामा देखापरेका समस्या हल गर्नेगरी आयोजना विशेषको कार्ययोजना बनाउने र आयोजना कार्यान्वयनको लागि आवश्यक पर्ने नीतिगत सुधार केके हुन सक्छन्। तह गत मन्त्रालयगत समन्वयका आधारमा स्थानीय र प्रदेश सरकारसँग कसरी गर्न सकिन्छ भन्ने कार्ययोजना बनाउन निर्देशन दिन चाहन्छु।’

उनले मन्त्रालय गत आधारमा स्थानीय र प्रदेश सरकारसँग कसरी गर्न समन्वय गर्न सकिन्छ भन्ने कार्ययोजना बनाउन निर्देशन दिने बताए। उनले मन्त्रीपरिषद् कार्यालय र समिति सहकार्य गरेर अघि बढ्नुपर्ने बताए।  

प्रकाशित: ३ असार २०८० १३:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App