coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

मुसहर बस्तीमा कालाजारको प्रकोप

सर्लाही- जिल्ला अस्पताल र जनस्वास्थ्य कार्यालयका प्रमुखबीच समन्वय नहुँदा कालाजार उपचारका लागि अस्पताल भर्ना भएका बिरामीले औषधि पाएका छैनन्। अस्पताल प्रमुख सञ्जीव सिंह र जनस्वास्थ्य प्रमुख हरिश्चन्द्र साहबीचको विवादका कारण बिरामीले औषधि नपाएका हुन्।

औषधि नपाउँदा अस्पतालको शऒ्ढयामा बिरामी अलपत्र छन्। सर्लाही राइटरखोर मुसहर बस्तीमा कालाजार फैलिएपछि काठमाडौंबाट आएको टोलीले बिरामी पहिचान गरेको थियो। त्यसपछि उनीहरूलाई जिल्ला अस्पताल मलंगवामा भर्ना गरिएको थियो।

अस्पताल भर्ना भएकी सात वर्षीया कस्मिरा थापाको मंगलबार उपचार पूरा भए पनि डिस्चार्जपछि खाने औषधि अभावमा अस्पतालमै बसिरहनुपरेको हजुरबुबा मंगलबहादुर थापाले बताए। 'बिहानै घर पठाउने भनेका थिए, औषधि छैन भनेर डिस्चार्ज भएन', उनले भने।

त्यस्तै, रगत अभावमा १४ वर्षीया चाँदनी पासवानको उपचार सुरु हुन सकेको छैन। 'सुरुमा रगत पाइएन, मंगलबार रगत पाइयो तर उपचार सुरु भएको छैन,' चाँदनीका बुबा जोगिन्द्र पासवानले भने, ‘दुई दिनदेखि डाक्टरलाई अनुरोध गरें। न बिरामी हेर्न आउँछन् न औषधि दिन्छन्।’

कालाजारले परिवार गुमाएका १७ वर्षीय दीपेश माझीको पनि औषधि अभावमा अस्पतालमै छन्।

औषधि उपलब्ध गराउन जनस्वास्थ्य कार्यालयलाई पत्राचार गरे पनि प्राप्त हुन नसकेको जिल्ला अस्पताल प्रमुख सिंहले बताए। 'अस्पतालमा औषधि नै छैन', उनले भने, ‘जनस्वास्थ्यले औषधि नपठाउँदा समस्या परेको छ।’

जनस्वास्थ्य प्रमुख साहले आवश्यक औषधि अस्पताल पठाइसकेको बताए। 'औषधिसँगै यातायात खर्चबापत प्रतिबिरामी एकएक हजार रुपैयाँ पठाइदिएका छौं। तर, अस्पताल प्रमुखले बिरामीको उपचारका लागि अतिरिक्त शुल्क मागेर औषधि अभावको बहाना बनाई समस्या खडा गरेका छन्', साहले भने।

प्रकाशित: १ वैशाख २०७४ ०२:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App