७ वैशाख २०८१ शुक्रबार
समाज

स्वास्थ्य स्वयंसेविकालाई महानगरले दियो साइकल

सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई विराटनगर महानगरपालिका वडा नम्बर ६ ले साइकल वितरण गरेको छ।

घरमै पुगेर सेवा प्रदान गर्न सहज होस् भन्ने उद्देश्यले वडाका ९ जना स्वास्थ्य स्वयंसेविका हरुलाई साइकल वितरण गरिएको हो। गर्भवती महिलासहित अन्य समस्यामा भएकाहरूको घरमै पुगेर सेवा प्रदान गर्नका लागि साइकल वितरण गरिएको वडाध्यक्ष हरिशचन्द्र सहनीले जानकारी दिए।

सो अवसरमा महानगरका प्रमुख नागेश कोइरालाले ९ जना स्वयंसेविकाहरुलाई साइकल वितरण गरे। प्रमुख कोइरालाले महिला स्वास्थ्य स्वयंसेविका हरुले समुदायमा गएर निस्वार्थ रुपमा काम गर्दै आएको बताए।

महिला स्वयंसेविका हरुको कामको जति नै प्रशंसा गरे पनि कमी हुने उनको भनाइ छ। महानगरवासीको स्वास्थ्यप्रति महानगरले विशेष ध्यान दिएको र सबैले सहज रुपमा स्वास्थ्यको सेवा प्राप्तिका लागि काम भइरहेको प्रमुख कोइरालाले बताए।   

प्रकाशित: २४ जेष्ठ २०८० १३:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App