८ वैशाख २०८१ शनिबार
समाज

४ लाख १७ हजार भारतीय रुपैयाँसहित एक युवक पक्राउ

कपिलवस्तुको कृष्णनगर नगरपालिका– २ यात्रुगेट नजिकै मंगलवार राति ९ बजेतिर ४ लाख १७ हजार भारतीय रुपैया सहीत दाङका एक युवक पक्राउ परेका छन्। चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेको  दाङको राप्ती गाउपालिका ३ का २२ बर्षिय राज कुमार पुन सो भारु नोट सहीत पक्राउ परेका  हुन।

हरियो रङको झोला चेकजाँच गर्ने क्रममा झोला भित्र सेतोमा निलो रङको फाईबरको झोलामा राखेको अवस्थामा नोट फेला परेका थिए। भारतिय ५ सय दरका नोट ७ सय ९४ र २ सय दरका नोट एक सय वटा नोठ फेला परेको प्रहरी नायब उपरिक्ष मीन बहादुर घलले बताए । घटनाको थप अनुसंधान भईरहेको प्रहरी नायब उपरिक्षक घलले बताए ।  

प्रकाशित: २४ जेष्ठ २०८० ०५:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App