१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

उपलब्धीजनक सम्झौता नहुने भएकै कारण भारत भ्रमण गइनँःमन्त्री किराँती

फाईल तस्बिर

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीले दुई देशबीचमा उपलब्धीजनक सम्झौता नहुने भएकै कारण आफू भारत भ्रमणमा नगएको बताएका छन।

आज काठमाडौंमा खिजिदेम्बा हुँदै नयाँ पर्यटन पथमार्ग शुमारम्भ र खिजिदेम्बामा गल्फ खेलको सम्भावना उजागर गर्ने हेतुले आयोजना भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन। उनले आफूले हेलिकप्टर पनि नचढ्ने र दुई देशबीचको सम्झौता उपलब्धिमुलक नहुने भए विदेश भ्रमण नजाने प्रण गरेको बताए। उनले ओखलढुंगाको खिजिदेम्बामा गल्फले पर्यटन क्षेत्रमा नयाँ आयाम थपेको बताए।  

कार्यक्रममा नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले मन्त्रीको जुहारीले कुनैपनि जिल्लाको विकास कम हुनु नहुने बताए। उनले ओखलढुंगाको विकासका लागि आफूले अर्थमन्त्री र पर्यटनमन्त्रीसँग बारम्बार अनुरोध गरेपनि एकले अर्कोलाई दोष दिएर पन्छिएको आरोप लगाए।  

त्यस्तै पूर्वसांसद एवं नेकपा एमालेका नेता यज्ञराज सुनुवारले ओखलढुंगाको चण्डेश्वरीमा निर्माणाधीन दोमोस एयरपोर्टलाई स्तरोन्नती गरी जहाज चल्नेगरी बजेट छुट्याइदिन पर्यटनमन्त्री किराँतीसँग आग्रह गरे। उनले देश र जिल्लाको विकासका लागि एक भएर काम गर्नुपर्नेमा जोड दिए।  

कार्यक्रममा खिजिदेम्बो थोलेदेम्बा क्षेत्र समेटिने निम्न पर्यटकीय पथ मार्ग शुभारम्भ भएको हो। पोकली झरना १३० मिटर हूँदै चिलिमडाँडा, लाम्जेबौद्ध, चुलीथान गौरीवन, दोबाटेभञ्ज्याङ्ग, थोलेदेम्बा ३३५० मिटरसम्म (३ दिन) को पथमार्ग र उक्त स्थान हुँदै पिके, दुधकुण्ड मिहालबाट सगरमाथाको आधारशिविरसम्मको नयाँ पथमार्गको शुभारम्भ भएको हो।  

प्रकाशित: २३ जेष्ठ २०८० ०९:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App