५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

धर्म परिवर्तनको निमित्त जबरजस्ती गर्नु हुँदैन: मन्त्री आचार्य

फाईल तस्बिर

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले जबरजस्ती धर्म परिवर्तन गर्न नहुने बताएका छन्।

आज ललितपुरमा आयोजित लोकतन्त्रमा मानव अधिकार र धर्म तथा आस्थाको स्वतन्त्रता कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन। 

उनले सबैले आफ्नो आस्थालाई राख्ने धार्मिक स्वतन्त्रताको लागि राज्य सधैँ गम्भीर रहेको बताए। मन्त्री आचार्यले नेपालमा धार्मिक स्वतन्त्रता भए पनि कसैलाई धर्म परिवर्तनको निमित्त जबरजस्ती गर्न नमिल्ने बताए ।

उनले स्वेच्छाले जुनसुकै धर्म मान्न पाइने संवैधानिक व्यवस्था भए पनि जबरजस्ती गर्न नहुने जानकारी दिए। मन्त्री आचार्यले राज्यको कुनै धर्म नहुने पनि बताए। 

प्रकाशित: २२ जेष्ठ २०८० ०७:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App